ad ad

कारोबार


मेटलाइफद्वारा आफ्ना उत्कृष्ट वितरण प्रतिनिधिहरुलाई सम्मान

मेटलाइफद्वारा आफ्ना उत्कृष्ट वितरण प्रतिनिधिहरुलाई सम्मान

नेपालखबर
असोज २४, २०७८ आइतबार १८:२९, काठमाडौँ

मेटलाइफ नेपालले काठमाडौंमा आयोजित वार्षिक पुरस्कार समारोहमा आफ्नो उत्कृष्ट एजेन्सी प्रतिनिधिहरुलाई सम्मान गरेको छ। 

नेपाल सरकारले तोकेको स्वास्थ्य र सुरक्षा सम्बन्धी सबै मापदण्डहरु पालना गरी आयोजना गरिएको कार्यक्रममा उक्त सम्मान गरिएको हो। 

कार्यक्रममा कम्पनीका शीर्ष अधिकारीहरु, योग्य एजेन्सी प्रबन्धकहरु, युनिट प्रबन्धकहरु र देशभरका फिल्ड प्रतिनिधिहरुले उपस्थिति जनाएका थिए। 

ग्राहकहरुलाई आफ्नो जीवनमा अघि बढ्न मद्दत गर्ने मनसायका साथ मेटलाइफ नेपाल गत वर्षदेखि नै सबै ग्राहकहरुलाई सहज डिजिटल सेवाहरु प्रदान गर्न ध्यान केन्द्रित रह्यो। 

सो कम्पनी नेपालमै ग्राहकहरुको लागि अनलाइन प्रिमियम भुक्तानी सेवा प्रदान गर्ने पहिले जीवन बीमा कम्पनी हो। 

उक्त कम्पनीसँग काइट नामको डिजिटल सेल्स सोलुसन पनि रहेको छ जसको प्रयोग गरी एजेन्ट तथा वित्तीय योजना सल्लाहकारहरुले जहाँ पनि जुनसुकै ठाउँमा पनि ग्राहकहरुलाई एक सहज र फरक किसिमको अनबोर्डिङ्ग अनुभव दिलाउन सक्षम रहन्छन्। 

कम्पनीको उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अहिलेको विषम परिस्थितिमा पनि अभिकर्ताहरुको सहनशीलता र अनुकूलन क्षमता तथा विगत १२ महिनामा ग्राहकहरुलाई मद्दत गर्न देखाएको अटुट प्रतिबद्घताप्रति निकै गर्वान्वित भएको बताए। 

उनले भने, ‘मेटलाइफ नेपालले सहज डिजिटल अनुभवका माध्यमबाट ग्राहकहरुको जीवन यात्राको प्रत्येक चरणका आवश्यकताहरुलाई पूरा गर्न आफ्ना अभिकर्ताहरुको क्षमता विकासमा निरन्तर जोड दिइरहनेछ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .