ad ad

कारोबार


ओपोद्वारा कलरओएस १२, ग्लोबल भर्जनको अनावरण

ओपोद्वारा कलरओएस १२, ग्लोबल भर्जनको अनावरण

नेपालखबर
असोज २५, २०७८ सोमबार १९:१९, काठमाडौँ

ओपोले आफ्ना विश्वभरका प्रयोगकर्ताका लागि आफ्नो नयाँ कलरओएस १२ सञ्चालन प्रणालीको आधिकारिक घोषणा गरेको छ।

प्रयोकर्तालाई स्टक एण्ड्रोइड १२को जस्तै अभूतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ कलरओएस १२मा समावेशी यूआई, सटीक परफरमेन्स, दैनिक कार्य सम्पादन क्षमतामा बृद्धिका साथै काम—दैनिकी सन्तुलनमा सघाउने फिचर्सहरु पनि समाहित गरिएको ओपोले जनाएको छ।

सार्वजनिक गरिएसँगै ओपोले कलरओएस १२ पब्लिक बिटा आफ्ना वैश्विक प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ। यससँगै ओपो, एण्ड्रोइड १२ प्रयोगमा ल्याउने पहिलो मध्यका ओइएमहरु मध्ये एक बनेको छ। पहिलो चरणमा ईन्डोनेसिया, थाईल्यान्ड र मलेसियामा फाइन्ड एक्सथ्री प्रो मार्फत उपलब्ध गराइने यस प्रणालीलाई क्रमबद्धरुपमा अन्य देश तथा क्षेत्रमा आउँदा महिनाहरुमा उपलब्ध गराउँदै लैजाने ओपोको योजना रहेको जनाइएको छ।

समावेशीता प्रमुख केन्द्रको विषय
६८ देशमा आफ्नो उपस्थितीसँगै, ४४० मिलियन प्रयोगकर्ताका जीवनको अभिन्न अंगका रुपमा कलरओएस १२को निर्माण गरिँदा समावेशीतालाई ओपोले विशेष प्राथमिकताको विषयका रुपमा राखेको छ।

ओपोको ईन्फाइनाइट डिजाइन कन्सेप्टमा आधारित भई हल्कापन, सफा र परिमार्जनका लागि लचिलोपन लगायत गुण सहितको नयाँ ओएसले अझ समावेशी अनुभव प्रदान गर्नुका साथै यसमा विभिन्न भाषा तथा संस्कृति मैत्री, सरल आईकन्स, एनिमेशन्स र सूचनामूलक फ्रेमवर्कका साथै विभिन्न फोनको फरम्याट्सका अनुसार अनुकूलनीय ढाँचापनि प्रदान गरिएको छ। 

  
उत्पादकत्वमा बृद्धिका लागि समान, निर्वाध अनुभव
प्रयोगकर्तालाई समान, सहज र निर्वाध अनुभव प्रदान गर्नु ओपोको आरएण्डडी एण्ड ईन्नोभेशनको प्रमुख उद्देश्य रहँदै आएको छ। नयाँ कलरओएस १२ले तिनका साथै कम्फर्ट र टीकाउपनमा पनि उत्तिकै महत्व दिएको छ। यसमा प्रयोग गरिएको एन्टी फ्राग्मेन्टेशन र इन्टेलिजेन्ट रिसोर्स एलोकेशनले गर्दा यसको सिस्टम एजिंग रेट तीन बर्षमा अत्यन्त न्यून २.७५प्रतिशत, औषत ३० प्रतिशत न्यून मेमोरी अधिभोग र २०प्रतिशत कम ब्याट्री खपत रहेको छ।

प्रयोगकर्ताको उत्पादकत्वमा बृद्धि दिने सोचका साथ यसमा पीसी कनेक्ट, गूगल लेन्सद्वारा सञ्चारित थ्री–फिंगर ट्रान्सलेट, फ्लेक्सड्रप र फोन म्यानेजर लगायत प्रयोगात्मक फिचरहरु पनि उपलब्ध गरिएका छन्।

गोपनीयतालाई विशेष प्राथमिकता
आफ्ना प्रयोगकर्ताका प्रतिक्रियाका आधारमा ओपोले कलरओएसमा गोपनियतालाई विशेष प्राथमिकतामा राख्दै आएको छ। कलरओएस १२मा एण्ड्रोइड १२का प्राइभेसी ड्याशबोर्ड, एप्रोक्सिमेट लोकेशन शेयरिङ र माइक्रोफोन तथा क्यामेरा ईन्डिकेटर्स लगायत सुदृढ सुरक्षा तथा गोपनियता फिचर्सपनि उपलब्ध गरिएका छन्।

साथै, ओपो समूहबाट बिकसित प्राइभेट सिष्टम, प्राइभेट सेफ, एप लक लगायत फिचर्सपनि उपलब्ध छन्। त्यसैगरी प्रयोगकर्ताका डाटा सुरक्षणार्थ सर्भर्स, सञ्चय र प्रसारणका लागि विशेष प्रोटोकलको ब्यवस्थापनि गरिएका छन्।

एण्ड्रोइड डेभलपर्सका लागि खुल्ला ओएस
ओपोको कलरओएसलाई एण्ड्रोइड डेभलपर्स फ्रेण्डली ओएस बनाउनु ओपोको उद्देश्य रहेको छ। अल्ट्रा स्टिडी भिडिओ शुटिङ, एचडीआर, सुपर वाइड–एंगल लगायत ओपोका अग्रणी उत्कृष्ट क्यामेरा क्षमता जस्ता क्यामेरा एसडीकेहरुका साथै ओपोले आफ्ना हाइपरबुस्ट, कलर भिजन ईन्ह्यान्समेन्ट लगायतपनि एण्ड्रोइड ईकोसिष्टमको विकास तथा थप परिस्कृतिकरणका लागि  एण्ड्रोइड विकासकर्ताहरु माझ खुल्ला गरिदिएको छ।

कलरओएस १२ रोलआउट योजना
पहिलो चरणमा ओपोले आफ्नो कलरओएस १२ पब्लिक बेटा ईन्डोनेसिया, थाइल्यान्ड र मेलेसियामा फाइन्ड एक्सथ्री प्रो फाइभजी मार्फत उपलब्ध गराएको छ। यस पश्चात क्रमशः अन्य देश तथा थप उपकरणहरुमा सन् २०२१ र २०२२मा उपलब्ध गराउँदै लैजाने ओपोको योजना रहेको छ। ११० मोडल्स र १५० मिलियन प्रयोगकर्ताका लागि कलरओएस १२ उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको जानकारी दिइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .