धेरै महिनादेखि लगभग ‘गायब’ चीनका अर्बपति व्यवसायी ज्या कमा हङकङमा देखिएका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार हङकङमा उनले आफ्ना केही व्यापारिक सहयोगीका साथ खाने बेला भेटघाट गरेका हुन्।
गत वर्ष अक्टोबरमा चीन सरकारको नीतिको आलोचना गरेपछि ज्याक मा निकै समय ‘गायब’ भएका थिए। तर यसपछि उनी जनवरीमा झुलुक्क देखिएका थिए।
अक्टोबर घटनापछि त्यसबेला अलिबाबाका संस्थापक ज्याक मा एकदमै कम समय सार्वजनिक रूपमा देखिएका थिए।
चिनियाँ अधिकारीको क्रोधको सिकार बने
२०२० अक्टोबरमा ज्याक माले भाषणका क्रममा चीनको नियामक प्रणालीप्रति प्रश्न उठाएका थिए। यसपछि उनले चिनियाँ अधिकारीको प्रतिशोधको सामना गर्नुपर्यो।
यति मात्र होइन, उनको एन्ट ग्रुप फिनटेक आर्मको ३७ अर्ब डलर बराबरको आईपीओ पनि निलम्बन गरिएको थियो।
1.6k
Shares
प्रतिक्रिया