श्रम तथा रोजगार कार्यालय सुर्खेतबाट एक साता पुनः श्रम स्वीकृति जारी नहुने भएको छ।
कात्तिक १० गतेदेखि १७ गतेसम्म अरबी भाषामा भिसा जारी हुने देशमा पुनः श्रम स्वीकृति जारी गर्न नसकिने कार्यालयले मंगलबार सूचना जारी गर्दै जानकारी दिएको छ।
श्रम कार्यालयका भाषा अनुवादक घर विदामा जाने भएकाले सेवा दिन नसकिने वरिष्ठ श्रम अधिकृत रामप्रसाद पौडेलले जानकारी दिएका छन्।
अरबी भाषामा भिसा हुने देशमा जानुपरे अन्य श्रम कार्यालयमा गएर सेवा लिन वा अनलाइनबाट पुनः श्रम स्वीकृति लिने गरी फारम भर्न अनुरोध गरेको छ।
9
Shares
प्रतिक्रिया