२०७८ सालको बाढीले राजमार्गहरुमा साढे ३ अर्ब रुपैयाँ क्षति पुर्याएको छ।
सडक विभागको प्रारम्भिक अध्ययनले ठूला सडकमा ३ अर्ब ४० करोड क्षति भएको देखाएको हो।
राष्ट्रिय राजमार्गहरुमा बाढी, पहिरो लगाएत विभिन्न कारणबाट सडकमा क्षति भएको थियो।
विभागका अनुसार राष्ट्रिय राजमार्गहरुमा जेठ २५ देखि असोज ३० सम्म २ अर्ब ३५ करोडको रुपैयाँ क्षति भएको छ।
त्यस्तै दशैँपछि आएको बाढीले १ अर्ब ५ करोडको सडक क्षति भएको विभागको अनुमान रहेको छ।
गत हप्ता आएको बाढीले १८ स्थानमा सडक अवरुद्ध भएको थियो। अझै ६ स्थानमा सडक खुल्न सकेको छैन।
12
Shares
प्रतिक्रिया