ad ad

कारोबार


पर्यटन बोर्ड र भारतको ट्राभल एजेन्ट्स एसोसिएसनबीच सहकार्य गर्ने सम्झौता

पर्यटन बोर्ड र भारतको ट्राभल एजेन्ट्स एसोसिएसनबीच सहकार्य गर्ने सम्झौता

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १६:१६, काठमाडौँ

नेपाल पर्यटन बोर्ड (एनटीबी) र भारतको ट्राभल एजेन्ट्स एसोसिएसन अफ इन्डिया (टाई) बीच दुवै देशको पर्यटन प्रवर्द्धनका लागि आपसी सहकार्य गर्ने सम्झौता भएको छ। 

अक्टोबर २२ तारिखका नयाँ दिल्लीमा एक कार्यक्रमका बीच नेपाल पर्यटन बोर्ड (एनटीबी)का कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी र ट्राभल एजेन्ट्स एसोसिएसन अफ इन्डिया (टाई) का अध्यक्ष ज्योति मायालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

सम्झौताअनुसार बोर्ड तथा टाइले आयोजना गर्ने पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रमहरु इभेन्ट, रोड शो, वेबिनारजस्ता कार्यक्रमहरुमा आपसी सहकार्य गर्ने तथा दुवै देशमा आयोजना हुने राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम, ट्राभल मार्टजस्ता कार्यक्रममा आमन्त्रण गर्ने लगायतका विषयहरु समावेश रहेका छन्। 

भारत नेपालको प्रमुख पर्यटकीय स्रोत बजार रहेकोले यस सम्झौताले नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .