नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २२ करोड ५९ लाख रुपैयाँ लगानी गर्ने भएको छ।
आज एक सूचना जारी गर्दै केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई ३६६ दिन मुद्दती निक्षेपको रुपमा आफूले लिन चाहेको रकम खोली २२ गतेभित्र ब्याजदर प्रस्ताव गर्न भनेको छ।
राष्ट्र बैंकका अनुसार २२ करोड ५९ लाखमध्ये १८ करोड ९ लाख वाणिज्य बैंकमा, ३ करोड ३८ लाख विकास बैंक र वित्त कम्पनीमा १ करोड १२ लाख रुपैयाँ छुट्याइएको छ।
राष्ट्र बैंकले आफ्नो विभिनन कोषमा रहेको रकम लगानी गर्न लागेको हो।
यसका लागि बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने, आव २०७७÷०७८ मा सञ्चालन मुनाफा (व्यवस्थापछि) मा रहेको हुनुपर्ने, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्नेलगायत शर्तहरु तोकिएका छन्।
Shares
प्रतिक्रिया