ad ad

कारोबार


नेपालगन्ज : सीता एयरको जहाजमा तीनवटा बँदेल ठोक्किँदा धावनमार्गभरि मासु

नेपालगन्ज : सीता एयरको जहाजमा तीनवटा बँदेल ठोक्किँदा धावनमार्गभरि मासु

मंगलबार बिहान नेपालगन्ज विमानस्थलमा उड्न गुड्ने क्रममा तीन बँदेलसँग ठोक्किएपछि सीता एयरको जहाज।


नेपालखबर
कात्तिक १६, २०७८ मंगलबार १०:६, काठमाडौँ

हुम्लाको सिमकोट उड्ने क्रममा सीता एयरको जहाज आज बिहान नेपालगन्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएको छ।

बिहान करिब ७ बजेतिर चालकदलका सदस्यसहित १७ जना सवार नाइन एन एएचबी नम्बरको जहाज उड्ने क्रममा धावनमार्गमै बँदेलसँग ठोक्किन पुगेको नेपालगन्ज विमानस्थलका प्रमुख सुवास झाले जानकारी दिए। 

तर जहाजमा सवार सबै यात्रु र चालकदलका सदस्य सकुशल छन्। 

उनका अनुसार  जहाज धावनमार्गमा गुडिरहेका बेला चालकदललाई जहाजको चक्कामा समस्या आएजस्तो महसुस भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेका थिए। जहाज रोकेर हेर्दा घटनास्थलमा तीन बँदेल टुक्राटुक्रा परेको अवस्थामा फेला परेका थिए।

जहाजको अगाडिको टायरमा प्वाल परेको हुँदा धावनमार्गबाट हटाइएको छ। बँदेलको मासु धावनमार्गभरि छरिएका कारण नेपालगन्ज विमानस्थलको उडान केहीबेर बन्द गरिएको विमानस्थलका प्रमुख झाले बताए। 

विमानस्थलमा धेरै झाडी र बुट्यान भएका कारण बेलाबेलामा बँदेल, स्याललगायत जंगली जनावर जहाजसँग ठोक्किने गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .