ad ad

कारोबार


ह्वावेद्वारा ‘ह्वावे कनेक्ट २०२१’ को आयोजना

ह्वावेद्वारा ‘ह्वावे कनेक्ट २०२१’ को आयोजना

नेपालखबर
मंसिर ३, २०७८ शुक्रबार १८:५०, काठमाडौँ

‘डाइभ इन्टु डिजिटल’ थिममा ह्वावे नेपालले आफ्नो वार्षिक औद्योगिक कार्यक्रम ‘ह्वावे कनेक्ट २०२१’ आयोजना गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्त, दूरसञ्चार तथा आईएसपी क्षेत्रका आईसीपी उद्योगका सरोकारवालाहरू, टीयू र केयूका प्राध्यापक र अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा ह्वावेले मोबाइल र फिक्स्ड ब्रोडब्यान्ड, डाटा सेन्टर, डिजिटल सोलार एनर्जी, क्लाउड सेवा र ५जी जस्ता प्रविधिहरूको व्यावहारिक एप्लिकेशनहरूबारे  छलफल गरेका थिए। 

ह्वावेका अन्तर्राष्ट्रिय वक्ताहरु र नेपालमा रहेका ह्वावेका व्यापारिक साझेदारहरुले कार्यक्रममा आ–आफ्ना प्रस्तुति दिए। 

ह्वावे एशिया प्यासिफिकका उपाध्यक्ष तथा ह्वावे नेपाल बोर्डका अध्यक्ष चाङ चङचुनले महामारीको अवधिमा विश्वभरका सबै व्यक्तिका लागि डिजिटल प्रविधि र कनेक्टिभिटी आवश्यक भएको र उन्नत कनेक्टिभिटी र कम्प्युटिङले आर्थिक पुनरुत्थान र वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने कुरामा प्रकाश पारे।

उनले डिजिटल प्रतिभा विकास गर्ने नेपालको क्षमतामा ठूलो विश्वास व्यक्त गर्दै यस क्षेत्रको डाटा सेन्टर हबको रूपमा नेपाल अघि बढ्ने आशा पनि व्यक्त गरे। 

कार्यक्रममा बोल्दै सहसचिव दत्तले भरपर्दो र व्यापक डिजिटल कनेक्टिभिटीको आवश्यकता र महामारी पछिको पुनः प्राप्तिको लागि डिजिटल डिभाइडलाई जोड्न आवश्यक रहेको कुरामा जोड दिए। उनले महामारीको समयमा पनि ४जी विस्तारमा ह्वावेको भूमिकालाई लिएर ह्वावेको प्रशंसा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .