ad ad

कारोबार


फागुनपछि फाइभजी परीक्षण गर्ने तयारीमा नेपाल टेलिकम, प्राधिकरणले दियो अनुमति

फागुनपछि फाइभजी परीक्षण गर्ने तयारीमा नेपाल टेलिकम, प्राधिकरणले दियो अनुमति

नेपालखबर
मंसिर ८, २०७८ बुधबार १७:१८, काठमाडौँ

नेपाल टेलिकमको फाइभजी नेटवर्कको परीक्षण आगामी ४ महिनापछि हुने भएको छ। 

फाइभजीको परीक्षण गर्ने अनुमति पाएपछि टेलिकमले ४ महिनाको अन्तरालमा परीक्षण गर्ने उल्लेख गरेको हो। 

गत हप्ता नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई फाइभजी नेटवर्क परीक्षण गर्ने अनुमति दिएको थियो। 

टेलिकमले एक वर्षको अवधिमा फाइभजी नेटवर्कलाई परीक्षण गर्ने जनाएको छ। 

नेपाल टेलिकमका अनुसार २६ सय मेगाहर्ज फ्रिक्वेन्सीमा ६० मेगाहर्ज ब्यान्डमा फाइभजी सञ्चालनको अनुमति मिलेको छ। 

यहीअनुसार आवश्यक तयारी गर्न समय लाग्ने भएकोले अबको ४ महिनाको हाराहारीमा फाइभजी सुरु हुने टेलिकमको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .