भारतले अधिकांश क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ।
बीबीसीका अनुसार बहुप्रतीक्षित विधेयकमा यस्तो व्यवस्था गरिनलागेको हो।
बितेका महिनामा सरकारले डिजिटल मुद्राहरुमाथिको दृष्टिकोण सहज गर्ने अपेक्षा बढेको थियो।
यस्तो प्रतिबन्ध सबैजसो प्राइभेट क्रिप्टोकरेन्सीसँग सम्बन्धित हुन सक्नेछ भने यसले केहीलाई प्रविधि र प्रयोगको प्रवर्द्धनको छुट भने दिन सक्ने बताइएको छ।
विधेयकले प्रतिबन्धको तयारी गरेपछि भारतीय विनिमय बजारमा क्रिप्टोकरेन्सीको मूल्य घटेको उल्लेख छ।
भारत सरकारको समाचार बुलेटिनमा प्रस्तावित विधेयकको नाम क्रिप्टोकरेन्सी एन्ड रेगुलेसन अफ अफिसियल डिजिटल करेन्सी बिल’ रहेको छ। यसलाई हिउँदे अधिवेशनमा संसदमा लैजाने तयारी छ।
यसले कानुनी रुप पाए भारतको केन्द्रीय बैंकले जारी गर्ने आधिकारिक डिजिटल मुद्रा बनाउन आवश्यक फ्रेमवर्क निर्माणको बाटो खुल्नेछ।
उक्त योजनाअनुसार प्राइभेट क्रिप्टोकरेन्सीमाथि निषेध गरिनेछ।
Shares
प्रतिक्रिया