ad ad

कारोबार


एमाले महाधिवेशनमा कसरी मिलाइएको छ ट्राफिक व्यवस्थापन?

एमाले महाधिवेशनमा कसरी मिलाइएको छ ट्राफिक व्यवस्थापन?

नारायणगढस्थित पाेखरा बसपार्ककाे दृश्य। तस्बिर : विक्रम राई


नेपालखबर
मंसिर ९, २०७८ बिहिबार १७:७, काठमाडौँ

चितवन जिल्ला प्रशासनले ट्राफिक व्यवस्थापनको लागि सवारीसाधन निषेधित क्षेत्र तोकेको छ। 

जिल्ला सुरक्षा समितिले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सवारी आवागमन निषेध गरिएको हो। 

चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले कार्यक्रम स्थल राजमार्ग छेउँमा हुँदा सवारीसाधन निषेध गरिएको बताएका छन्। 

अधिकारीले राजमार्गमा हजारौँ मानिसको आवतजावत हुने हुँदा सवारीसाधन निषेध गरिएको जानकारी दिए। 

‘सवारीसाधन चल्न नसक्ने क्षेत्रलाई निषेधित क्षेत्र भनेर घोषणा गरेका छौँ। त्यसमा अत्यावश्यक सेवाका सवारीसाधन भने गुड्न पाउने भएका छन्’, अधिकारीले नेपालखबरसँग भने, ‘एम्बुलेन्स, बिहेका गाडीलगायत अत्यावश्यकलाई अवरोध हुनेछैन।’

अधिकारीले शुक्रबार बिहान ९ बजे चितवन कट्ने गरी र बेलुकी साढे ५ बजेपछि पुग्ने गरी योजना बनाउन आग्रह गरे। उनले पूर्वबाट आएका गाडीलाई मुग्लिङतर्फ जान बढी समस्या नभए पनि पश्चिमबाट आएका सवारीसाधनलाई नारायणी पुलको विकल्प नहुँदा समस्या भएको बताए। 

पश्चिमबाट आएका गाडी नारायणी नकट्दै पार्किङ गर्ने व्यवस्था मिलाइएको छ भने मुग्लिङ हुँदै जाने गाडीलाई आँपटारीबाट भित्र पस्न निषेध गरिएको छ। 

प्रहरीका अनुसार पार्किङ क्षेत्रमा बाइक, कार र बसको लागि ठाउँ छुट्याइएको छ। 

हेभी सवारीसाधन बिहीबारबाटै बन्द
एमाले महाधिवेशनको लागि पश्चिमबाट आउने गाडीको बढी चाप हुनसक्ने भन्दै बिहीबार साँझ दाउन्ने भएर आउने गाडीलाई पनि रोक लगाइएको छ। 

जिल्ला प्रशासन कार्यालय नवलपरासीले राष्ट्रिय राजमार्ग भएर पूर्व जाने र पूर्वबाट पश्चिम आउने मालवाहक, खाली ट्रक, टिपरलगायत हेभी सवारीसाधनलाई बिहीबार साँझ ६ बजेदेखि शुक्रबार राति १२ बजेसम्म आवतजावतमा रोक लगाइएको सूचना जारी गरेको छ। 

नारायणगढ बुटवल सडकखण्ड निर्माणको चरणमा रहेकाले बढी गाडी हुँदा जाम हुनसक्ने जिल्ला प्रशासन कार्यलयले उल्लेख गरेको छ। मुख्यतः बर्दघाट पश्चिम दाउन्ने उकालोमा बढी गाडी बिग्रिने, जाम हुने समस्या रहँदै आएको छ। 

प्रशासनले गाडी बिग्रिए क्रेन लगाएर हटाउने व्यवस्था समेत भएको उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .