ad ad

कारोबार


पूर्वअर्थमन्त्री महतले भने– मौद्रिक नीति समीक्षा ठीक छ

पूर्वअर्थमन्त्री महतले भने– मौद्रिक नीति समीक्षा ठीक छ

नेपालखबर
मंसिर १३, २०७८ सोमबार १३:२८, काठमाडौँ

पूर्वअर्थमन्त्री डा.रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। 

सोमबार मौद्रिक नीतिको समिक्षाको विषयमा प्रतिक्रिया दिदै कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीतिको आएकाले सकारात्मक रहेको बताए। 

डा. महतले भने, ‘कोरोना महामारीको कारण उद्योग व्यवसाय क्षेत्रमा संकट छ। उद्योग व्यवसाय नै पलायन हुने गरी ठूलो क्षति भएको छ। महामारीले उद्योग व्यवसायमा मात्रै होइन हरेक क्षेत्रमा क्षति ग¥यो। राष्ट्र बैंकले मौद्रिक नीति मार्फत उद्योग व्यवसाय चलायमान बनाउनको लागि राहतका कार्यक्रम तथा सुविधाहरु 
व्यवस्था गर्नु आवश्यक छ।’

डा.महतले नेपालमा राष्ट्र बैंकले उद्योग व्यवसायलाई थप सेवा सुविधा सहज बनाउनको लागि केही वर्ष देखि मौद्रिक नीतिको व्यवस्था गरेको बताए। 

यसरी राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिका केही सकारात्मक पक्ष छन्। मौद्रिक नीतिमार्फत आएका व्यवस्थालाई सबैले स्वाभाविक मान्नुपर्ने बताए। न्युज एजेन्सी नेपालबाट। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .