सेयरबजार आज दोहोरो अंकले घटेको छ। सेयरबजारको परिसूचक नेप्से आज २१ दशमलव ५५ अंकले घटेको हो।
आज नेप्से २ हजार ६ सय २९ दशमलव ९४ अंकमा कायम रहेको छ।
आज म्युचुअल फण्ड बाहेक सबै समूहको सेयर घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज सबैभन्दा धेरै जीवन बीमा समूहको १ सय १७ दशमलव ०४ अंकले घटेको हो।
आज ४ अर्ब रुपैयाँको कारोबार भएकोमा ८२ लाख कित्ता सेयर किनबेच भएको छ। आज सबैभन्दा धेरै कमाउनेमा न्यादी हाइड्रोपावर रहेको छ। जसको सेयर २८ अंकले बढेको छ।
सबैभन्दा धेरै गुमाउनेमा आईसीएफसी फाइनान्स रहेको छ। जसको सेयर ९३ अंकले घटेको छ।
21
Shares
प्रतिक्रिया