ad ad

कारोबार


लघुबीमाको विकासमा मेटलाइफको प्रतिबद्धताः सुरु गर्‍यो दाबी व्यवस्थापन प्रणाली

लघुबीमाको विकासमा मेटलाइफको प्रतिबद्धताः सुरु गर्‍यो दाबी व्यवस्थापन प्रणाली

नेपालखबर
मंसिर १३, २०७८ सोमबार १७:४९, काठमाडौँ

मेटलाइफ नेपालले लघुबीमा दावीका लागि नयाँ दावी व्यवस्थापन प्रणाली सुरुवात गरेको छ। 

यस प्रणालीले ग्राहकहरूलाई छिटो भुक्तानी गर्न म्यानुअल दाबी प्रक्रियालाई प्रतिस्थापन गर्ने कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार नयाँ प्रणालीमा दावी आवश्यकता र डिस्चार्ज भाउचरहरूका लागि स्वचालित इमेलहरूको व्यवस्थाका साथसाथै दाबी पेश गर्न र भुक्तानीको समयलाई घटाउनका लागि स्वचालित दाबी मूल्याङ्कनजस्ता सुविधाहरू समावेश गरिएका छन्।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठका अनुसार मेटलाइफ आफ्ना   ग्राहकहरूको थप आत्मविश्वासी भविष्य निर्माणमा मद्दत गर्न प्रतिबद्ध छ। 

साथै उनले दु्रत दाबी समाधान नै लघुबीमा ग्राहकहरूको प्राथमिकता रहेको र यसका लागि उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न मेटलाइफको नयाँ दाबी व्यवस्थापन प्रणाली कोशेढुङ्गा सावित हने बताए। 

लघुबीमामार्फत सेवाविहीन समुदायलाई वित्तीय सुरक्षा प्रदान गर्न मेटलाइफ सन् २००९ मा लघुवित्त संस्थाहरुसँग साझेदारी गर्ने नेपालको पहिलो बीमा कम्पनी हो। 

कम्पनीको ग्रामीण कर्जा बीमाले देशका ७७ जिल्ला भरिका लघुवित्त संस्था तथा सहकारीका ऋणीहरुलाई बीमा सुरक्षा प्रदान गर्दै आएको छ। ऋणीहरुको कर्जा चुक्ता क्षमतालाई प्रभाव पार्न सक्ने अप्रत्याशित घटनाहरूबाट जोगाउन बीमाले ऋणीहरुको बाँकी रहेको कर्जा चुक्ता गरी निजहरुको परिवारलाई थप आर्थिक सहयोग प्रदान गर्दछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .