इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले जाडोलाई लक्षित गरेर ‘जाडो हरायो जब सीजी घरमा आयोे’ क्याम्पेनअन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरणहरू बजारमा ल्याएको छ।
जाडोमा जीवन सहज बनाउने सिजीका यी घरेलु उपकरणहरू उचित मूल्यमा बजारमा उपलब्ध रहेको कम्पनीको भनाइ छ।
आफ्ना सुरुवाती दिनहरूदेखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको सीजीको दाबी छ।
प्रविधिको क्षेत्रमा नवीनता र आयम भित्र्याउँदै सिजि ब्राण्ड आज हरेक नेपालीको मनमा बस्न सफल भएको छ ।
प्रविधि र नवीनतमा विशेष चासो राख्ने सिजि ब्राण्डको उत्कृष्ट प्रविधिबाट सुसजित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय रहेको कम्पनीले जनाएको छ ।
जाडोलाई विशेष लक्षित गरी सुरु गरिएको यस क्याम्पेनअन्तर्गत हिटर, सिजीको गिजर, इलेक्ट्रिक ओभन, इलेक्ट्रिक कित्ली, हट पट, पानी बोतल,डिस्पेन्सर, रुम हिटर जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू रहेका कम्पनीले जनाएको छ ।
त्यसैगरी, उल्लिखित उत्पादनहरू उपयोगी मात्र नभइ अत्यन्तै टिकाउ र अन्ताराष्ट्रिय गुणस्तरको रहेका समेत कम्पनीले दाबी गरेको छ।
Shares
प्रतिक्रिया