चिनियाँ प्रविधि कम्पनी हुवावेले नेपालमा आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत पहिलोपल्ट ‘सिड्स फर द फ्युचर’ कार्यक्रम सुरु गरेको छ।
सोमबार होटल हायात प्लेसमा कम्पनीले सूचना प्रविधि पृष्ठभूमिका २० विद्यार्थीलाई सिकाइको अवसर दिने गरी नयाँ कार्यक्रम घोषणा गरेको हो।
यसअन्तर्गत ९ विभिन्न क्षेत्रका २० जना विद्यार्थीलाई प्रतिस्पर्धाबाट छनोट गरिने कम्पनीले जनाएको छ। उनीहरु आईसीटी पृष्ठभूमिका हुनेछन्। छनोट भएकाले युनिक लर्निङ अपरच्युनिटीसँगै स्थानीय औद्योगिक क्षेत्रका विज्ञहरुबाट ८ दिने तालिम र कक्षामा सहभागिता जनाउनेछन्।
साथै उनीहरुलाई कास्की जिल्लाको घान्द्रुकमा रहेको कम्पनीको फोरजी बेस स्टेसनमा फिल्ड भिजिट गराइने कम्पनीले जनाएको छ। कम्पनीले सन् २००८ देखि विभिन्न देशमा यो कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
यो अवधिमा १३० देशका ९ हजार विद्यार्थी लाभान्वित भएको कम्पनीले जनाएको छ।
Shares
प्रतिक्रिया