ad ad

कारोबार


‘अब अनलाइनलाई पनि सरकारी विज्ञापन’

‘अब अनलाइनलाई पनि सरकारी विज्ञापन’

नेपालखबर
मंसिर १३, २०७८ सोमबार २१:४१, काठमाडौँ

अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताएका छन्।

सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाई मुल्याङ्कन गरेर अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेकाले चाँडै प्रक्रिया अगाडि बढ्ने बताए। 

उनले त्यसको लागि प्रेस सेन्टरले पनि थप पहल गर्दा अझ चाँडै प्रक्रिया अगाडि बढ्न सक्ने बताए। 

मन्त्री शर्माले भने, ‘सरकारले अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिने निर्णय गरिसकेको छ। त्यो हुँदा अब प्रेस काउन्सिलले कार्यविधि बनाएपछि अनलाइनहरुले सरकारी विज्ञापन पाउने छन्। कार्यविधि र मूल्याङ्कनको काम अगाडि बढाउन प्रेस सेन्टरले वातावरण बनाउनु पर्छ। यो कामको सुरुवात गर्न प्रेस सेन्टरलाई आग्रह छ। अन्य पत्रकारहरुको क्षमता अभिवृद्धि, तालिमहरूको लागि सरकार सहकार्य गरी सहयोग गर्न तयार रहेको छ।’

अर्थमन्त्री शर्माले नेकपा माओवादी केन्द्रको अबको मुख्य उद्देश्य संघर्ष गरेर ल्याएको परिवर्तनलाई संस्थागत गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .