ad ad

कारोबार


सामसुङ  इलेक्ट्रोनिक्सद्वारा वान यूआई–४ को औपचारिक घोषणा

सामसुङ  इलेक्ट्रोनिक्सद्वारा वान यूआई–४ को औपचारिक घोषणा

नेपालखबर
मंसिर १४, २०७८ मंगलबार १७:५०, काठमाडौँ

सामसुङ  इलेक्ट्रोनिक्सले वान यूआई ४ को औपचारिक घोषणा गरेको छ। कम्पनीका अनुसार ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ प्लस र ग्यालेक्सी एस २१ अल्ट्रा सिरिजमा पहिलो पटक समावेश हुनेछ।

नयाँ अनुकूलन विकल्प, गोपनीयताका विशेषताहरु र सामसुङ्गको निरन्तर विस्तार भैरहेको इकोसिस्टममा पहुँचसँगै वान युआइ ४ ले एक उन्नत मोबाइलको अनुभव दिलाउनेछ।

‘हामी हरकोहीलाई सम्भव भएसम्म छिटोभन्दा छिटो उत्कृष्ट मोबाइलको अनुभव दिलाउन प्रतिबद्ध छौं’ सामसुङ्ग नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘वान यूआई–४ ग्यालेक्सी स्मार्टफोन प्रयोगकर्ताहरुलाई नवीनतम् अनुकूलन र गोपनीयता विशेषताहरु उपलब्ध गराएर आफ्नो प्रतिज्ञा पूरा गर्दछ। तर हामी त्यत्तिमै रोकिँदैनौँ। चाँडै नै, अन्य स्मार्टफोन र ट्याबलेट प्रयोगकर्ताहरु पनि हाम्रो समग्र इकोसिस्टममा थप सहजताको अनुभव संगाल्दै यो सफ्टवेयर अद्यावधिकबाट लाभान्वित हुनुहुनेछ।’

वान युआई ४ का साथ सामसुङ्गले त्यस्तो नवीनतम गोपनीय र सुरक्षाका विशेषताहरु पेश गरेको छ, जसले गर्दा के साझा गर्ने र के गोप्य राख्ने भनेर सही रुपमा चयन गर्न सकिनेछ। 

ग्यालेक्सी एस२१ सिरिजमा यही नोभेम्बर १५ देखि वान् युआइ ४ उपलब्ध भएको छ र छिट्टै नै पहिलेको ग्यालेक्सी एस र नोट सिरिजहरु साथसाथै ग्यालेक्सी जेड सिरिज, ए सिरिज र ट्याब्लेटहरुमा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .