ad ad

कारोबार


नोभेम्बरमा टाटाको बिक्री २५ प्रतिशतले बढ्दा मारुती, एमजी र हुन्डाईलाई झट्का

नोभेम्बरमा टाटाको बिक्री २५ प्रतिशतले बढ्दा मारुती, एमजी र हुन्डाईलाई झट्का

नेपालखबर
मंसिर १५, २०७८ बुधबार १७:१६, काठमाडौँ

भारतीय बजारमा नोभेम्बर महिनामा मारुती, एमजी मोटर र हुन्डाईलाई बिक्रीमा झट्का लागेको छ। टाटा मोटर्सको बिक्री भने बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

मारुती सुजुकी इन्डिया लिमिटेडको गत महिना कुल बिक्री १ लाख ३९ हजार १ सय ८४ युनिट मात्र पुगेको हो। 

यसमा घरेलु बिक्रीको हिस्सा १ लाख १३ हजार १७ युनिट र निर्यातको हिस्सा २१ हजार ३ सय ९३ युनिट रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा मारुतीले कुल १ लाख ५३ हजार २ सय २३ युनिट सवारीसाधन बिक्री गरेको थियो। त्यसमा घरेलु बिक्री १ लाख ३८ हजार ९ सय ५६ युनिट र निर्यात ९ हजार ४ रहेको छ। 

तर कम्पनीले अहिलेसम्मकै धेरै गाडी बाह्य बजारमा निर्यात गरेको जनाएको छ। कम्पनीका अनुसार नोभेम्बरमा उत्पादनमा इलेक्ट्रोनिक कम्पोनेन्टहरुको सामान्य प्रभाव भएको छ। घरेलु बजारमा बिक्री भएका वाहनको उत्पादनमा यसको प्रभाव परेको थियो। 

गत महिना मारुतीको मिनी सेग्मेन्टका कारको बिक्री घटेर क्रमशः १७ हजार ४ सय ७३ युनिट र ५७ हजार १९ युनिट रहेको छ। मध्यमआकारका सेडान सीएजको बिक्री पनि घटेर १ हजार ८९ युनिट र इको भ्यानको बिक्री घटेर ९ हजार ५ सय ७१ युनिट रहनपुगेको छ। युटिलिटी भेहिकल्सको बिक्री बढेर २४ हजार ५ सय ७४ युनिट पुगेको कम्पनीले जनाएको छ। 

एमजी मोटरको ४० प्रतिशतले घट्यो बिक्री 
यता गत महिना एमजी मोटर इन्डियाको खुद्रा बिक्री ४० प्रतिशतले घटेको छ। कम्पनीले नोभेम्बरमा २ हजार ४ सय ८१ युनिट मात्रै बिक्री गरेको हो। खासगरी सेमिकन्डक्टरको अभावको प्रभाव पर्दा उक्त महिनामा उत्पादन नै घटेको कम्पनीले जनाएको छ। एमजीले २०२० नोभेम्बरमा ४ हजार १ सय ६३ युनिट बिक्री दर्ता गरेको थियो। 

हुन्डाईको बिक्रीमा २१ प्रतिशत कमी 
यता हुन्डाई मोटर इन्डिया लिमिटेड (एचएमआईएल)को नोभेम्बरको कुल बिक्रीमा २१ प्रतिशतले घटेर ४६ हजार ९ सय १० युनिटमा झरेको छ। 

कम्पनीले गत वर्ष सोही अवधिमा ५९ हजार २ सय युनिट बिक्री गरेको थियो। नोभेम्बर २०२० को ४८ हजार ८ सय युनिटको तुलनामा यो वर्ष नोभेम्बरमा घरेलु बिक्री २४ प्रतिशतले घटेर ३७ हजार १ वटा युनिट पुगेको छ। 

पछिल्लो वर्ष नोभेम्बरको १० हजार ४ सय युनिटको तुलनामा यो वर्ष सोही अवधिमा बाह्य निर्यातमा पनि ५ प्रतिशतले कमी आएर  ९ हजार ९ सय ९ युनिट रहन पुगेको छ। कम्पनीले सेमिकन्डक्टर चिप्सको अभावले बिक्रीमा प्रभाव परेको बताएको छ। 

टाटाले बेच्यो २५ प्रतिशत बढी सवारीसाधन 
यता टाटा मोटर्सले भने नोभेम्बरमा २५ प्रतिशत बढी गाडी बिक्री गरेको छ। गत महिना कम्पनीले ६२ हजार १ सय ९२ युनिट सवारीसाधन बिक्री गरेको हो। 

कम्पनीले २०२० नोभेम्बरमा ४९ हजार ६ सय ५० युनिट गाडी बिक्री गरेको थियो। टाटा मोटर्सले २१ प्रतिशत वृयद्धिसँगै घरेलुबजारमै ५८ हजार ७३ वटा गाडी बिक्री गर्न सफल भएको छ। अघिल्लो वर्ष सोही अवधिमा उसले ४७ हजार ८ सय ५९ युनिट बिक्री गरेको थियो। घरेलु बजारमा टाटाले पेसेन्जर भेहिकल २९ हजार ७ सय ७८ युनिट बिक्री गरेको छ। गत वर्ष यस्तो संख्या २१ हजार ६ सय ४१ युनिट रहेको थियो। 

घरेलु बजारमा कमर्सियल भेहिकल्सको बिक्री ३२ हजार २ सय ४५ युनिट बिक्री भएको टाटाले जनाएको छ। अघिल्लो वर्ष २७ हजार ९ सय ८२ युनिट बिक्री भएको थियो। जुन यो वर्ष १५ प्रतिशतले बढी हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .