ad ad

कारोबार


फाइभजीको विकासमा निरन्तरताका लागि ओपो र क्वालकमबीच सहकार्य

फाइभजीको विकासमा निरन्तरताका लागि ओपो र क्वालकमबीच सहकार्य

नेपालखबर
मंसिर १५, २०७८ बुधबार १७:५०, काठमाडौँ

क्वालकम स्न्यापड्रागन टेक समित २०२१ मार्फत ओपोले स्न्यापड्रागन ८ जेन १ मोबाइल प्ल्याटफर्मद्वारा सञ्चारित आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोन सन् २०२२को पहिलो त्रैमासमा विश्वब्यापी रुपमा सार्वजनिक गर्ने घोषणा गरेको छ। 

यस सँगै, नयाँ स्न्यापड्रागन प्ल्याटमर्फ अनुकूलन गर्ने ओपो पहिलो मध्यको एक कम्पनी हुने कम्पनीको भनाई छ। साथै, फाइभजीको विकासमा तिब्रता र स्मार्टफोन नवप्रबर्तनको भविष्य अन्वेषणका लागि ओपोले क्वालकमसँगको सहकार्यलाई निरन्तरता दिने जानकारी दिएको छ।
 

‘क्वालकम र ओपो बिचको गहिरो सहकार्य मार्फत हामीले फ्ल्यागशिप स्न्यापड्रागन मोबाइल प्ल्याटफर्मद्वारा सञ्चारित फाइन्ड एक्सथ्री सिरिज र रेनोसिक्स सिरिज सहित विभिन्न फाइभजी स्मार्टफोनहरु बजारमा सार्वजनिक गरिसकेका छौँ’, ओभरसिज सेल्सका लागि ओपाका उपाध्यक्ष, स्कट च्याङ्ले भने, ‘स्न्यापड्रागन ८ जेन १ मोबाइल प्ल्याटफर्मको नयाँ पुस्ता सार्वजनिक भएको मा हामी निकै हर्षित छौँ। यसले नयाँ पुस्ताका फ्ल्यागशिप स्मार्टफोनहरुका लागि बृहत्त सुधार सहित शक्तिशाली कार्यसम्पादन क्षमता भित्राउनेमा हामी विश्वस्त छौँ।’

कम्पनीका अनुसार आफ्नो ब्राण्ड मिशन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’लाई ध्यानमा राखि, बर्षौँदेखि ओपो मानव केन्द्रित दृष्टिकोणमा आधारित विकास तथा अन्वेषणका लागि प्रतिबद्ध रहँदै आएको छ। 

ओपोले विश्वभरका ८०भन्दा बढी प्रमुख मोबाइल नेटवर्क अपरेटर्ससँग सहकार्य गर्दै ती मध्य ४० भन्दा बढीलाई फाइभजी सेवा वितरणका लागि ओपोसँग आवद्ध गरिसकेको छ। यी संयुक्त पहलहरु मार्फत यूरोप, ल्याटिन अमेरिका र साउथ अफ्रिका जस्ता क्षेत्रीय बजारमा ब्यवसाय विकासमा उल्लेख्य सहयोग प्रदान गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .