ad ad

कारोबार


एसियाकै सर्वोत्कृष्ट बैंक बन्यो एनएमबी, दि बैंकरले दियाे अवार्ड

एसियाकै सर्वोत्कृष्ट बैंक बन्यो एनएमबी,  दि बैंकरले दियाे अवार्ड

नेपालखबर
मंसिर १५, २०७८ बुधबार १८:३८, काठमाडौँ

एनएमबी बैंक लिमिटेड एसियाकै सर्वोेत्कृष्ट बैंक बनेको छ। बैंकले ‘बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड पाएको हो।

बेलायतको लन्डनबाट प्रकाशित हुने बैंक क्षेत्रको प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डका लागि एनएमबी बैंकलाई छनोट गरेको हो।

चीन, भारत, हङकङ, दक्षिण कोरिया, जापानजस्ता देशका एसियाकै उत्कृष्ट बैंकहरुलाई प्रतिस्पर्धामा उछिन्दै एनएमबी सर्वोत्कृष्ट भएको हो। 

प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अवार्ड बैंकका अध्यक्ष पवन गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री निवासमा उक्त अवार्ड प्रदान गरेका हुन्। 

‘बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड प्राप्त गरेसँगै एनएमबी बैंक इतिहास रच्दै एसियाकै उत्कृष्ट बैंक बन्न सफल भएको हो। 

यो अवार्ड प्राप्त गर्ने एनएमबी बैंक नेपालको पहिलो बैंक रहेको छ। यससँगै एनएमबी बैंक एसियाको उत्कृष्ट बैंक बन्ने पहिलो बैंक तथा पाँच वर्षमा चौथोपटक बैंक अफ इयर समेत बनेको बैंकले जनाएको छ। 

यसबारे पत्रकार सम्मेलन गरी बैंकले बुधबार जानकारी दिएको हो। कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्यानले यो उपलब्धि बैंकको म्यानेजमेन्टको मिहिनेत र १५ लाख ग्राहकको विश्वास रहेको बताए।

उनले भने, ‘नेपालको सर्वोत्कृष्ट बैंक रहँदै आएकोमा यो पटक एसियाको सर्वोत्कृष्ट बनेको र अबको ५ वर्षमा विश्वको सर्वोत्कृष्ट बनेको र अवार्ड हात पार्ने लक्ष्य समेत रहेको छ।’

त्यस्तै बैंकका सीईओ सुनिल केसीले भने बैंकका सञ्चालकहरुले व्यवस्थापकलाई दिएको वातावरणकै प्रतिफल र टिमको मिहिनेतले यो अवार्ड प्राप्त गर्न सफल भएको बताए। 

उनले भने, ‘आगामी दिनमा पनि बैंक कर्पोरेट सिस्टमलाई अझ चुस्त बनाइने र त्यहीअनुसार अघि बढ्नेछ।’

सन् २००० मा स्थापित ‘बैंक अफ द इयर अवार्ड’ प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य–पूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ वटा महादेशभरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टाछुट्टै प्रदान गरिन्छ। 

यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्याङ्कन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइन्छ।

बैंकको वृद्धि र कार्यसम्पादनको शैली, बैंकको रणनीतिक पहलहरू, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीनतम सेवा र उत्पादनहरु, दिगो विकासका लागि गरिएका गतिविधिहरू र प्रतिकूल परिस्थितिको सामना गर्ने क्षमता जस्ता विभिन्न मापदण्डको आधारमा यो अवार्ड प्रदान गरिन्छ। 

दिगो बैंकिङको लागि बैंकले गरेको पहल, डिजिटल रुपान्तरण र उच्च कर्पोरेट कार्यशैलीप्रति बैंकको प्रतिबद्धताजस्ता मानकहरुले एनएमबीले यो अवार्ड जितेको हो।

यसको साथै बैंक पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्सको समिति सदस्य र ग्लोबल अलायन्स फर बैंकिङ अन भ्याल्युज सदस्य बैंक पनि हो । बैंकको देशभरि २०१ शाखाहरु छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .