ad ad

कारोबार


नेपाल बैंक लिमिटेड र बीमा संस्थानबीच धिताेविनै १५ लाखसम्म कर्जा दिने सम्झौता

नेपाल बैंक लिमिटेड र बीमा संस्थानबीच धिताेविनै १५ लाखसम्म कर्जा दिने सम्झौता

नेपालखबर
मंसिर १५, २०७८ बुधबार १८:४८, काठमाडौँ

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानबीच राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरुलाई विना धितो १५ लाखसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ। 

यो सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले राष्ट्रिय बीमा संस्थानको सिफारिसको आधारमा त्यहां कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध गराउनेछ। 

नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहमा उक्त सम्झौता सम्पन्न भएको हो।  नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकको रोहवरमा नेपाल बैंक लिमिटेडका तर्फबाट काठमाण्डौ बैंकिङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बीमा संस्थानका तर्फबाट व्यवस्थापक भोला नाथ घिमिरेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ। 

उक्त कार्यक्रममा  नेपाल बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेल, रिटेल कर्जा विभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ्ग तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेलका साथै राष्ट्रिय बीमा संस्थानका तर्फबाट सह–व्यवस्थापक रेशमकृष्ण सोम पौडेल, सह–व्यवस्थापक शिशिर चन्द्र देवकोटा र सहायक  ब्यवस्थापक आशिष राईलगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक र राष्ट्रिय बीमा संस्थानबीच धेरै पुरानो र अत्यन्त प्रगाढ सम्बन्ध रहेको स्मरण गर्दै सेवाग्राही कर्जाको यो सम्झौताबाट राष्ट्रिय बीमा संस्थानका सम्पूर्ण कर्मचारीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे। 

त्यसैगरी उनले यी दुई संस्थाहरुबीच पारस्परिक सहयोगको अन्य धेरै संभावनाहरु रहेको समेत उल्लेख गरेका थिए। राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकले नेपाल बैक लिमिटेडले  प्रदान गर्दै आएको सेवा सुविधाहरुको प्रशंसा गर्दै राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरुको लागि विना धितो सेवाग्राही कर्जा लिने सुविधा प्रदान गरेकोमा नेपाल बैक लिमिटेडलाई धन्यवाद समेत दिएका थिए। 

उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, काठमाण्डौ बैंकिङ् अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बीमा संस्थानका व्यवस्थापक भोला नाथ घिमिरेले पनि आफ्नो विचार व्यक्त गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .