मेक इन नेपालः स्वदेशी अभियानको वेबसाइट तथा एप सार्वजनिक भएको छ।
नेपाल उद्योग परिसंघले सुरु गरेको यस अभियानलाई प्रवर्द्धन गर्न परिसंघले वेबसाइट तथा मोबाइल एप तयार गरेको जनाएको छ।
परिसंघले यो अभियानलाई देशभर फैलाउने बताएको छ। परिसंघका अध्यक्ष विष्णु अग्रवालले मंगलबार मेक इन नेपाल कार्यक्रमलाई मूर्तरुप दिन बनाइएको वेबसाइट लन्च गरेका छन्। सो क्रममा उनले मोबाइल एपको डेमो समेत प्रस्तुत गरे।
औद्योगिक उत्पादनले अर्थतन्त्रलाई चलायमान बनाउने महसुस गरेर परिसंघले गत फागुनमा मेक इन नेपाल अभियान सुरू गरेको हो।
अभियानले वर्षमा डेढ लाख रोजगारी सिर्जना गर्ने, वर्षमा एक हजार उद्योग दर्ता गर्ने, ५ वर्षमा कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदान दिने र निर्यात १ खर्बबाट बाट ४ खर्ब बनाउने लक्ष्य लिएको छ।
नेपालीमा स्वदेशी उत्पादनमा आकर्षण सिर्जना गर्ने र औद्योगिक मैत्री वातावरण बनाउने अभियानको मूल उद्देश्य हो ।
सन् २००० मा उत्पादनमूलक उद्योगको जीडीपीमा योगदान ९ प्रतिशत रहेकामा अहिले ५ मा झरेको छ । यस्तोमा परिसंघले विदेशी सामानमा रहेको मोह कम गर्न स्वदेशी अभियान चलाएको हो ।
मेक इन नेपाल अभिायनमा गैँडासहितको लोगोले गुणस्तरीय उत्पादन, कम्तीमा २० प्रतिशत मूल्य अभिवृद्धि गरेको र उद्योगले सरकारका सबै नीतिगत व्यवस्था पालना गरी इथिकल बिजनेस गरेको भन्ने बुझिन्छ।
यी सबै मापदण्ड पूरा गरेका उद्योगले आवेदन दिएपछि स्वदेशी लोगो प्रयोग गर्न पाउँछन्।
Shares
प्रतिक्रिया