ad ad

कारोबार


महिलालाई स्वरोजगार बनाउन युनिलिभर र माइती नेपालबीच सहकार्य

महिलालाई स्वरोजगार बनाउन युनिलिभर र माइती नेपालबीच सहकार्य

नेपालखबर
मंसिर २१, २०७८ मंगलबार २०:२४, काठमाडौँ

युनिलिभर नेपाल लिमिटेड र गैरनाफामूलक संस्था माइती नेपालबीच सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको भएको छ। 

बेचबिखन तथा घरेलु हिंसाको सिकार भएका महिलाहरूका निमित्त रोजगारी सिर्जना गर्ने तथा उनीहरूको सामाजिक, आर्थिक र कानुनी क्षमतामा वृद्धि र सुधारका लागि मिलेर काम गर्ने हेतुले सहकार्य भएको कम्पनीले जनाएको छ। 

यस साझेदारीले उक्त महिलाहरूको दिगो आय सिर्जना गर्ने अवसरहरू प्रदान गर्ने लक्ष्य राखेको छ।

कम्पनीका अनुसार यी महिलाहरूका निमित्त प्रख्यात ब्रान्डका ब्यूटी पार्लरका साथसाथै एक्स्काभेटर चलाउने, र बिक्री (सेल्स) तालिमका लागि विज्ञहरूको मार्गदर्शनमा गहन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ। तालिम अवधिभर उनीहरुलाई माइती नेपालको पुनर्स्थापना केन्द्रमा बस्ने व्यवस्था पनि गरिनेछ ।

महिलाहरूको रोजगारीले आफ्नो, आफ्नो परिवार र समुदायको जीवनस्तरमा सुधार गर्नुका साथसाथै उनीहरूलाई  सबै क्षेत्रमा आर्थिक जीवनमा पूर्ण रूपमा सहभागी बनाई बलियो अर्थतन्त्र निर्माण गर्न, विकास तथा दिगोपनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्नेछ।

कार्यक्रमको उद्घाटन माइती नेपालकी संस्थापक अनुराधा कोइराला र युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले माइती नेपालमा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .