ad ad

कारोबार


हेटौँडामा ४७ करोड ९३ लाखमा भ्यूटावर निर्माण हुने

हेटौँडामा ४७ करोड ९३ लाखमा भ्यूटावर निर्माण हुने

हेटाैँडा


नेपालखबर
मंसिर २१, २०७८ मंगलबार २१:५७, काठमाडौँ

बागमती प्रदेश राजधानी हेटौडामा रु ४७ करोड ९३ लाख लागतमा भ्यूटावरसहितको व्यापारिक भवन निर्माण गर्नेबारे आज हेटौँडामा सम्झौता भएको छ।  

हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा  निर्माण हुने सो भवनका लागि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई तथा बानियाँ  निर्माण कम्पनीका प्रबन्धक ऋषिराज बानियाँबीच सम्झौता भएको हो।

उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको उपस्थितिमा सम्झौता भएको उक्त भवन उपमहानगरपालिकाद्वारा निर्माण गर्न लागिएको हो। १२ तल्ले उक्त भवनको नाम हेटौँडा बहुद्देश्यीय व्यापारिक भवन रहेको छ।

भवन तीन वर्षभित्र निर्माण हुने बताइएको छ। हुप्राचौरको दक्षिणतर्फ रहेको वासुदेव सभागृहलाई भत्काएर भ्यूटावरसहितको व्यापारिक भवन निर्माण हुने बताइएको छ।

उपमहानगरपालिकाका इन्जिनियर सत्यनारायण शाहका अनुसार एक बिघा छ कट्ठा जमिनमा भवन निर्माण गरिने छ। छैटौँ तल्लासम्म व्यापारिक सटर हुनेछ भने छैटौँ तल्लामाथि भ्यूटावर रहने बताइएको छ।

सो अवसरमा उपमहानगरपालिका प्रमुख महतले भवन समय अवधिमा पूरा गर्नुपर्ने बताउँदै हेटौँडाको गरिमालाई अगाडि बढाउन मद्दत मिल्ने विश्वास व्यक्त गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .