ad ad

कारोबार


विश्व कीर्तिमान बनाएको मोटरहेड टेक्कनः कम बजेटको भरपर्दो बाइक (भिडिओ रिभ्यु)

विश्व कीर्तिमान बनाएको मोटरहेड टेक्कनः कम बजेटको भरपर्दो बाइक (भिडिओ रिभ्यु)

मोटरहेड टेक्कन। तस्बिर/भिडिओ: विक्रम राई


वसन्त अर्याल
पुस ७, २०७८ बुधबार १३:२, काठमाडौँ

मोटरहेड टेक्कन आर २५० नेपाली युवाबीच लोकप्रिय बनेको छ। 

लामो समय गुडेर विश्व कीर्तिमान कायम गरेको मोटरसाइकल अफरोड र अनरोड दुवै सडकको लागि उपयुक्त मानिन्छ। 

नेपालमा मोटरहेडको आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेडले टेक्कन आर २५० को परिमार्जित भर्जन असोजमा नेपाल भित्र्याएको छ। 

टेक्कन २ वटा ग्राफिक्समा उपलब्ध छ। सेतो र कालो रंगमा रहेको बाइकमा सुन्तला रंगले अझ आकर्षक बनाएको छ भने अर्को ब्ल्याक र नियोन कलरमा बजारमा उपलब्ध रहेको छ। 

२२३ सीसीको इन्जिन
२२३ सीसीको इन्जिन रहेको बाइक २ हजार ७० एमएम लम्बाइ, चौडाइ ९०० र उचाइ ११० एमएम रहेको कम्पनीले जनाएको छ।  

दुवै सडकमा कुदाउन उपयुक्त भए पनि अफरोड बाइकको रुपमा परिचित रहेको टेकनमा सिंगल सिलिन्डर, ४ स्ट्रोक रहेको छ।

मूल्य ४ लाख ५ हजार
नेपालमा यही रेञ्जमा उपलब्ध मोटरसाइकलको मूल्य बढी रहे पनि  टेक्कनको मूल्य ४ लाख ५ हजार मात्रै छ। 

टेक्कन २५० को  अधिकतम पावर ८ हजार आरपीएममा १२.५ किलोवाट र ६५ सय आरपीएममा टर्क १७ एनएम जेनेरेट गर्छ। 

बाइकमा सुधार गरिएको सिलिन्डर र पिस्टनलाई प्रयोग गरिएको छ। परिमार्जित मोटरसाइकलमा यूएसबी राखिएको छ। जहाँ मोटरसाइकलमा मोबाइल चार्ज गर्न सकिन्छ। बाइकको स्पिडोमिटर र स्टाट्रिङ विधि विद्युतीय रहेको छ। 

१४ लिटर फ्युल ट्यांक
१४ लिटर इन्धन ट्यांक क्षमता भएको टेक्कन आर २५० मा कडा चेसिसरफ्रेम, शानदार ग्राफिक्स, स्टाइलिस हेडलाइट, स्लिक सेप इन्डिकेटर, इन्बिल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायी सिट रहेका छन्। 

६ गियर, ट्युबलेस टायर, ७ मोडल 
बाइकमा म्यानुअल क्लचसहित ६ वटा गियर रहेका छन्। इन्धन खपत प्रति १०० किलोमिटरमा २.२ लिटर रहेको कम्पनीले उल्लेख गरेको छ। 

डुअल स्पोर्टस ट्युबलेस टायर रहेको बाइकामा अगाडि ११० बाई ९० र टायर साइज १३० बाई ८० एमएम रहेको छ। बाइकमा हाइड्रोलिक डिस ब्रेक रहेको छ।

मुख्य सहरमा डिलर रहेको मोटरहेडले नेपालमा ७ वटा मोडलका बाइक बिक्रीवितरण गर्दै आएको छ। जसमा एमएच १५० आर, एमएच २००, टेकन २५०, एक्स टर्क, स्क्रयाम्बल २५० रहेको छ। 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .