ad ad

कारोबार


शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा

शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा

नेपालखबर
पुस २७, २०७८ मंगलबार १५:३८, काठमाडौँ

शाओमीले काभ्रेको बनेपा र काठमाडौंको बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ। 

बनेपा–६ गोदाम चोकमा आफ्नो नयाँ स्टोर खोलेको शाओमीले बालाजुस्थित नयाँ बसपार्कको बि.जि. मलमा पनि आफ्नो नयाँ स्टोर खोलेको हो। 

शाओमीले आफ्नो स्टोरहरूको संख्या दोब्बर बनाउने उद्धेश्य पुरा गर्न नेपालभरी नयाँ र आधुनिक स्टोरहरू खोल्ने योजना बनाएको जनाएको छ।  

दुई नयाँ स्टोर खोलेपछि शाओमी नेपालका कन्ट्री जेनरल म्यानेजर सौरभ कोठारीले भने, ‘यी नयाँ स्टोरहरू खुले पछि हाम्रा ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँग–सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्धेश्य पनि पुरा हुनेछ। हामीलाई आशा छ हाम्रा ग्राहकहरू हाम्रो यी नयाँ स्टोरहरूमा आउनुहुनेछ र हाम्रो नयाँँ–नयाँँ उत्पादनहरु मन पराउनुहुनेछ।’

कम्पनीका अनुसार यो मोडलले नेपालमा नयाँ र आधुनिक स्टोरहरू खोल्दै ग्राहकहरुलाई उच्चतम सुविधा प्रदान गर्ने शाओमीको उत्साह झल्काउँछ। यो नयाँ स्टोरमा सप्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन्।

यी शाखाहरुको सम्पूर्ण रिटेल प्रक्रियाहरु शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शिता कायम हुन्छ। जसको फलस्वरुप मि को ग्राहकहरुले थुप्रै फाइदाहरु लिन सक्नेछन्। रिटेल प्रकृयाको हरेक चरणमा उनीहरुले ब्रान्डसँग सिधै अन्तरक्रिया  गर्न पाउनेछन्। यसले गर्दा ग्राहक र ब्रान्डको सम्बन्ध अझै घनिष्ठ हुने कम्पनीकाे विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .