ad ad

कारोबार


२० वर्षसम्म पनि निक्षेप धनी नआए रकम सिधै राष्ट्र बैंकको कोषमा जाने

२० वर्षसम्म पनि निक्षेप धनी नआए रकम सिधै राष्ट्र बैंकको कोषमा जाने

नेपालखबर
पुस २९, २०७८ बिहिबार १४:१२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले २० वर्षसम्म पनि बैंकमा निक्षेप राखेर दाबी नपरेको रकम आफ्नो बैंकिङ विकास कोषमा जम्मा गर्न बैंक तथा वित्तीय संस्थाको नाममा सूचना जारी गरेको छ। 

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १११ को उपदफा ३ र दफा ११२ को उपदफा ३ बमोजिम दाबी नपरेको निक्षेप जम्मा गर्न निर्देशन दिएको हो। 

यसअनुसार बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्थासम्बन्धी एने २०७३ को दफा ११२ को उपदफा १ बमोजिमको रकम २० वर्षसम्म लिन बुझ्न नआएमा सो रकम राष्ट्र बैंकको बैंकिङ विकास कोषअन्तर्गत तोकिएको हिसाबमा जम्मा गर्नुपर्नेछ। 

त्यस्तै यसरी बैंकिङ विकास कोषमा जम्मा गरिएको रकमको निक्षेकर्तासम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको हुने राष्ट्र बैंकले जनाएको छ। 

बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को प्रक्रिया पूरा गरी उक्त कोषमा जम्मा गरिसकेको निक्षेप रकमउपर निक्षेपकर्ता वा निक्षेपकर्ताको कानुनी हकवालाबाट सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी दाबी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित राष्ट्र बैंकमा दाबी पेस गर्नुपर्नेछ। आवश्यक कागजातसहित दाबी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई विना ब्याज रकम फिर्ता गरिनेछ। 

उक्त ऐनको व्यवस्थाअनुसार जम्मा भएको रकम बैंकिङ विकासमा प्रयोग गरिने राष्ट्र बैंकले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .