ad ad

कारोबार


फुडमाण्डुमा भित्रियो ठूलो लगानी, डोल्मा इम्प्याक्ट फन्डले ४६ करोड ‘इन्भेष्ट’ गर्ने

फुडमाण्डुमा भित्रियो ठूलो लगानी, डोल्मा इम्प्याक्ट फन्डले ४६ करोड ‘इन्भेष्ट’ गर्ने

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार १३:९, काठमाडौँ

डोल्मा इम्प्याक्ट फन्ड र फुडमाण्डुबीच लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

फन्डले फुडमाण्डुमा ४० लाख अमेरिकी डलर लगानी गर्ने समझदारी (एमओयू) पत्रमा हस्ताक्षर भएको डोल्मा फन्डले जनाएको छ। 

४० लाख डलर भनेको ४६ करोड बढी रुपैयाँ हो। 

यो लगानीलाई फन्डले अन्तिम स्वीकृति दिन बाँकी रहेको बताइएको छ। 

नेपालकै पहिलो र चर्चित खाद्य डेलिभरी कम्पनी फुडमाण्डुले आठ सय बढी रेष्टुराँबाट ३ लाख बढी ग्राहकलाई काठमाण्डु, ललितपुर, कीर्तिपुर, भक्तपुर र पोखरामा सेवा दिइरहेको छ। 

नेपालको इकमर्स क्षेत्रको विकासमा फुडमाण्डुको विशेष योगदान रहेको डोल्मा फण्डले जनाएको छ। 

खाद्यवस्तुबाहेक कम्पनीले किनमेल सामान र बेभरेज डेलिभरी पनि फुडमाण्डु फ्रेस र फुडमाण्डु बारबाट डेलिभरी सेवा दिँदै रहेको छ। 

डोल्माबाट आउन लागेको लगानी फुडमाण्डको लागि तेस्रो र हालसम्मकै ठूलो लगानी रहेको बताइएको छ। भविष्यमा पनि लगानी बढाउँदै जाने डोल्मा फन्डले जनाएको छ। फुडमाण्डुमा यसअघि ट्रु नर्थ एसोसिएट्स र टिम भेन्चरले सन् २०१६ र २०२० मा क्रमशः लगानी गरेका थिए। 

फुडमाण्डुले डोल्माबाट लगानी आएसँगै आफ्नो सेवालाई अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको बनाउने बताएको छ। योसँगै कम्पनीले सेवाको भौगोलिक विस्तारलाई पनि अघि बढाउने योजना बनाएको छ। 

फुडमाण्डुले आगामी दिनमा यो लगानीबाट मानवस्रोत क्षमता र अहिलेकै प्रविधिलाई विकसित प्रविधिमा रुपान्तरण गर्ने समेत योजना बनाएको छ। जसबाट आगामी ५ वर्षभित्र नेपालमा हजारौँ रोजगारी सिर्जना हुने फुडमाण्डुले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .