पाल्पा सिमेन्ट प्रा. लि. ले जलनपीडित बालबालिकाको उपचारका लागि सहयोग गर्ने भएको छ।
सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गर्ने १८ वर्षमुनिका जलनपीडित बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गर्ने कम्पनीले जनाएको छ।
जलन पीडित बालबालिकाको लागि सहयोग गर्न पाएकोमा पाल्पा सिमेन्ट प्रा. लि. ले खुशी व्यक्त गरेको छ। साथै, आउँदा दिनहरुमा पनि यस्तै सामाजिक कार्यहरुलाई सुचारु गर्दै लैजाने पाल्पा सिमेन्टले जनाएको छ।
नेपालमा जलनपीडितको समस्या जटिल बन्दै गइरहेको छ।
जलन पीडितको उपचारका लागि काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल सन् १९९७ मा स्थापना भएको हो।
24
Shares
प्रतिक्रिया