ad ad

कारोबार


टाटा टिगोर अब चाँडै ईभीमा आउँदै

टाटा टिगोर अब चाँडै ईभीमा आउँदै

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार १९:२८, काठमाडौँ

नेपाली बजारमा टिगोर ईभी छिट्टै भित्रने भएको छ। टिगोर ईभी भित्रिएसँगै नेपाली बजारमा टाटाको दुई वटा विद्युतीय मोडल उपलब्ध हुनेछ – टिगोर ईभी र केही समय अघि सार्वजनिक नेक्सन ईभी। 

नेपालमा नेक्सन ईभी सन् २०२१को मध्यतिर सार्वजनिक भएको हो। यो एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी तीन ट्रिममा उपलब्ध छ।

टिगोर ईभीले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ जसमा वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको छ भने बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अंकमध्ये ३७.२४ अंक पाएको छ।

यस्तो छ नेपाली बजारको अपेक्षित टिगोर ईभीको अन्य विशेषता
१. विद्युतीय मोटर

टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ। जुन २६ किलोवाटको लिक्विड–कुल्ड, उच्च उर्जा घनत्व ब्याट्री प्याक र आइपी–६७ रेटेड ब्याट्री प्याकद्वारा सञ्चालित छ। यसले गर्दा गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ। गाडीमा जडित विद्युतीय मोटरले ७४ बिएचपी (५५ किलोवाट) पावर र १७० एनएम टर्क जेनेरेट गर्छ।

त्यस्तै, टिगोर ईभीमा भएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ। यसलाई १५ एएमपी प्लगबाट पनि चार्ज गर्न सकिन्छ। अर्थात् गाडीलाई हाम्रो घर वा कार्यलयमा हुने चार्जिङ पोर्टबाट सजिलै चार्ज गर्न सकिन्छ। यसरी चार्ज गर्दा भने ८ घण्टा ४५ मिनेटमा यो ८० प्रतिशतले चार्ज हुन्छ। गाडीलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ।

२. बाहिरी आवरण
भारतमा जस्तै नेपाली बजारमा टिगोर ईभी डेटोन ग्रे र टिल ब्लू गरी दुई वटा रंग विकल्पमा उपलब्ध हुन सक्छ। यो डुअल–टोन विकल्पमा उपलब्ध गराएमा यसको माथिल्लो भाग (रुफ) भने कालो रंगको हुनेछ। गाडीको ग्रिलमुनी निलो रंगले रेखा कोरिएको देखिन्छ जसले गर्दा यो विद्युतीय भनेर परैबाट छुट्याउन सकिन्छ।

यसको अगाडि भागमा पुरै एलइडी डिआरएल लाइटले गाडीलाई झनै आकर्षक बनाएको छ। गाडीको पाङ्ग्राहरू पनि निकै स्टाइलिस छन्। यसको पछाडि हेर्ने रिअर भ्यू ऐनाहरू पनि फोल्डेबल छन्। गाडीको डिकी खोल्ने ठाउँमा जिपट्रोन लेखिएको ब्याच पनि देख्न सकिन्छ। यसमा ३१६ लिटरको बुट स्पेस पाउन सकिन्छ।

३. भित्री डिजाइन/इन्टेरिअर
गाडीको ड्यासबोर्ड फिका ग्रे र कालो थिम गरी डुअल–टोन छ। टिगोरको सिट ग्रेनाइट कालो रंगमा छन् भने गाडीको आन्तरिक थिम विद्युतीय केन्द्रित छ।

यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसिडी इन्सट्रुमेन्ट क्लस्टर, अटो एसी, सिट उचाइ मिलाउन मिल्ने ड्राइभर सिटलगायतका विशेषताहरू पाउन सकिन्छ। त्यस्तै, गाडीमा स्मार्ट की पुस–बटन स्टार्ट छ भने पोर्टेबल चार्जिङ केबल पनि छ। चालक र यात्रु सहजताको लागि टिगोरमा ३० भन्दा बढी कनेक्टिभिटीका विशेषताहरू छन्। जसमध्ये रिमोट कमान्ड र रिमोट डाइगोनिस्टिक पनि पर्छन्।

सुरक्षाको हिसाबले हेर्दा कम्पनीले यो टिगोर ईभीमा डुअल एयर ब्याग, इबिडीसहितको एबिएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समावेश गरेको छ।

गाडीमा २,४५० एमएम ह्विलबेस र १७२ एमएम ग्राउन्ड क्लेरेन्स छ। यो भनेको नेपाली बाटोहरूको लागि पनि गाडी निकै उपयुक्त हुने बुझिन्छ।

टाटा मोटर्सले यो टिगोर ईभीको ब्याट्री र मोटरमा ८ वर्षको अर्थात् १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ। भारतमा यसको एक्सई भेरियन्टको मूल्य भारु ११ लाख ९९ हजार, एक्सएम भेरियन्टको मूल्य भारु १२ लाख ४९ हजार, एक्सजेड प्लसको मूल्य भारु १२ लाख ९९ हजार र एक्सजेड प्लस डुअल टोनको मूल्य १३ लाख १४ हजार भारु तोकेको छ।

नेपालमा भने हालसम्म यसको मूल्य वा गाडी सार्वजनिक हुने मितीबारे कम्पनीले कुनै घोषणा गराएको छैन। कम्पनिबाट प्राप्त जानकारी अनुसार टिगोर ईभीको बारेमा जानकारी लिन ९८०१९०९८९० अथवा ९८०१०१३४४९ मा सम्पर्क गर्न सकिनेछ। आशा गरौं टिगोर ईभी नेपाली बजारमा छिट्टै भित्रनेछ। र, यसले अहिलेको बजारमा नयाँ उत्पादन थप्दै ग्राहक एवम् उपभोक्ताहरूलाई आरामदायी र वातावरणमैत्री यात्राको अनुभव प्रदान गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .