ad ad

कारोबार


सिभिल बैंक खाता ‘खल्ती’ मा लिंक गर्दा स्मार्टफोन उपहार

सिभिल बैंक खाता ‘खल्ती’ मा लिंक गर्दा स्मार्टफोन उपहार

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार २१:५५, काठमाडौँ

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले सिभिल बैंक खाता ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरूका लागि रु. १०० बोनस अफर ल्याएको छ।  

साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने छन्।

यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरूको हकमा मात्र लागू हुन्छ। कम्पनीका अनुसार प्रयोगकर्ताले लिंक गर्न अगाडि केवाईसी भेरिफाई  गराउनु पर्नेछ।

केही सेकेण्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सिभिल बैंक अकाउन्टबाट ‘खल्ती’मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ।

यो अफर प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न र वालेटमा नियमित रूपमा पैसा लोड गर्न लाग्ने समय लाई कम गर्न ल्याइएको हो।

एक पटक प्रयोगकर्ताले बैंकलाई लिंक गरेपछि, यो सेवाले उनीहरूलाई वालेट लोड नगरी केही ट्यापहरूमा पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व र अन्य उपलब्ध सेवाहरू जस्ता बिलहरूको भुक्तानी गर्न सहज बनाउँछ। रु. १०० बोनस अफर पुस ३० देखि फागुन १ सम्म लागू हुनेछ।

सिभिल  बैंक खाता ’खल्ती’मा लिङ्क गर्न, प्रयोगकर्ताहरूले निम्न कुराहरू गर्नुपर्छः

‘खल्ती’ को होमस्क्रिनमा रहेको ‘एलआईएनके बीएएनके बीसीसीओयूएनटी’ मा ट्याप गर्ने। त्यहाँ ‘लिंक बैंक टु खल्ती’ मा ट्याप गर्ने। 

सिभिल  बैंक छानी बैंक खाता नम्बर हाल्ने र सब्मिटमा ट्याप गर्ने। 

जानकारी ठिक छ भने ‘लिंक बैंक’ मा ट्याप गर्ने। 

आफ्नो मोबाइलमा प्राप्त गर्नुभएको ओटिपी (भेरिफिकेसन कोड) भर्नुहोस् र भेरिफाइमा ट्याप गर्ने।
’खल्ती’ बाट बैंक खाता लिंक तुरुन्तै हुनेछ। 

यस लगायत ‘खल्ती’ मा थप १८ बैंक को खाता लिंक गर्न सकिन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .