ad ad

कारोबार


नेपाल भित्रिए एकपटककाे चार्जमा ५०० किमिसम्म गुड्ने ग्रेटवाल मोटर्सका विद्युतीय गाडी

नेपाल भित्रिए एकपटककाे चार्जमा ५०० किमिसम्म गुड्ने ग्रेटवाल मोटर्सका विद्युतीय गाडी

नेपालखबर
माघ ५, २०७८ बुधबार १६:५५, काठमाडौँ

ग्रेटवाल मोटर्सले विद्युतीय गाडी ओरा नेपाल भित्र्याएको छ। 

विशाल ग्रुपअन्तर्गतको भीजी इम्पेक्स प्रालिले ओरा गुड क्याट नेपाल भित्र्याएको हो।  

कम्पनीले ओरा गुड क्याट ३ वटा अप्सनमा नेपाल भित्र्याएको छ। यसअनुसार गुडक्याट ४०० टेक, गुड क्याट ४०० प्रो र गुड क्याट ५०० अल्ट्रा नेपाल आएका हुन्। 

गुडक्याट टेकको मूल्य ४० लाख, प्रोको ४३ लाख र अल्ट्राको ४८ लाख रुपैयाँ मूल्य तोकेको छ। ओरा टेकमा सन रुफ छैन भने प्रो र अल्ट्रामा सनरुफ रहेको छ। बाँकी फिचर्समा खासै फरक नरहेको कम्पनीले जनाएको छ। 

ओरा टेक र प्रोमा ४७.७८ केडब्ल्यूएच (प्रतिघण्टा किलोवाट) ब्याट्री क्यापासिटी रहेको छ। उक्त क्षमताको ब्याट्रीयुक्त गाडीमा एक पटकको चार्जमा ४०० किलोमिटरसम्म गुड्नसक्ने रेन्ज रहेको छ। 

फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज हुन ४० मिनेट लाग्छ भने घरको थ्रि फेज लाइनबाट चार्ज गर्न ८ घण्टा लाग्छ। 

ओरा अल्ट्रामा ६३.१३ किलोवाट आवरयुक्त ब्याट्री छ। एकपटकको चार्जमा ५ सय किमि गुड्ने रेन्ज छ। फास्ट चार्जरबाट चार्ज हुन १ घण्टा लाग्ने गाडीमा नर्मल चार्जरबाट करिब १० घण्टामा पूरा चार्ज हुन्छ। 

लिथियम आयन भएको ब्याट्रीमा १ सय ५ किलोवाटसम्म पावर, २१० एनएम टर्क उत्पादन हुने क्षमता छ। गाडीमा प्रतिघण्टा १५० किलोमिटरसम्म अधिकतम पावर रहेको छ।

इलेक्ट्रिक पार्किङ ब्रेक, अटोमेटिक एसी, सेन्ट्रल लक, रिमोट लक, की लेस स्ट्राटसम्मका फिचर्स छन्। 

रियर भ्यू क्यामेरा, टायर प्रेसर सिस्टम, एबीएस, ईबीडी, हिल स्टार्ट एसिस्ट, ब्लाइन्ड स्पोट एसिस्टलगायतका फिचर्स रहेको कम्पनीले उल्लेख गरेको छ। 

भ्वाइस कन्ट्रोल, एलईडी स्टुमेन्ट प्यानल, ब्लुटुथ सिस्टम छ। सेफ्टी फिचर्समा फ्रन्ट एयरब्यागको व्यवस्था छ। 

गाडीको बुट स्पेस २२८ लिटर छ। पछिल्ला सिटलाई फोल्ड गरी आफूअनुकूल बढाउन पनि सकिन्छ। गाडीमा आरामदायी र फराकिला सिट, ठूलो सनरुफ छ। 

गाडीको लम्बाइ ४२ सय ३५ एमएम, चौडाइ १८ सय २५ एमएम, उचाइ १५ सय ९६, ह्विलबेस २६ सय ५० एमएम छ। ग्राउन्ड क्लियरेन्स १४५ एमएम मात्रै छ। 

भीजी इम्पेक्सले ओरा नेपालमा ल्याई टेस्टिङ पास गरेको छ। कम्पनीले अब टेस्ट ड्राइभ र बुकिङ खुल्ला भएको जनाएको छ। 

ग्रेटवालका हावेल एचसी र जोलिओन, पिकअप मोडल यसअघि नै नेपालमा सार्वजनिक भइसकेका छन्। 

कम्पनीले ओरा नेपाल भित्र्याए पनि लञ्चिङको लागि केही समय लाग्ने जानकारी दिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .