वायुसेवा सञ्चालक संघले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सेवा प्रदान गर्न आग्रह गरेको छ।
बुधबार बसेको कार्यसमितिको बैठकले आन्तरिक हवाइ उडानमा सुरक्षा मापदण्डको पूर्ण परिपालना गर्न ४ बुँदे सूचना जारी गरेको हो।
संघले वायुसेवा कम्पनीलाई हवाइजहाजभित्र सेनिटाइजको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाइजहाज र ब्यागेज निःसंक्रमित गर्नुपर्ने बताएको छ।
त्यस्तै चेकइन, बोर्डिङ, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतीक्षालयमा भीडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्न अनुरोध गरेको छ।
कम्पनीहरुलाई हवाइयात्रुहरुले विमानस्थल प्रवेश गर्दा कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड मोबाइलमा फोटो देखाए पनि हुने व्यवस्था गर्न आग्रह गरेको छ।
33
Shares
प्रतिक्रिया