ad ad

कारोबार


निर्माण क्षेत्रमा पनि कामदार पठाउन नेपाल–इजरायल सम्झौताको तयारी

निर्माण क्षेत्रमा पनि कामदार पठाउन नेपाल–इजरायल सम्झौताको तयारी

नेपालखबर
माघ ५, २०७८ बुधबार १७:३८, काठमाडौँ

नेपाल सरकार र इजरायली सरकारबीच नेपालीलाई इजरायलको निर्माण क्षेत्रमा रोजगारीका लागि पठाउन संयुक्त कार्यदल बनाउने निर्णय भएको छ। 

आज भएको परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि इजरायली राजदूत हनान गोदर गोल्डबर्गरबीचको छलफलपछि उक्त निर्णय भएको हो। 

सोही कार्यदलले निर्माण क्षेत्रमा पनि कामदार पठाउन दुईदेशीय सम्झौताको तयारी अगाडि बढाउनेछ। 

केयर गिभिङ क्षेत्रको कामदार छनोटका लागि आवश्यक प्रक्रिया पूरा भएकोमा दुवै देशले सन्तोष व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

आजै ९९ नेपाली कामदारको पहिलो ब्याच इजरायलका लागि प्रस्थान गर्ने पनि मन्त्रालयले उल्लेख गरेको छ। यो क्याटेगोरीमा १ हजारभन्दा धेरै नेपाली छनोट भइसकेका छन् भने आगामी हप्ताहरुमा इजरायल जानेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .