ad ad

कारोबार


माई–पेले सुरु गर्‍यो आन्तरिक हवाइ टिकट बुकिङ गर्दा १ हजारसम्म नगद छुट सुविधा

माई–पेले सुरु गर्‍यो आन्तरिक हवाइ टिकट बुकिङ गर्दा १ हजारसम्म नगद छुट सुविधा

नेपालखबर
माघ ६, २०७८ बिहिबार १४:१६, काठमाडौँ

डिजिटल भुक्तानी सेवा माई–पेले आन्तरिक हवाइ टिकट बुकिङ गर्दा एक हजार रुपैयाँसम्म नगद छुट प्रदान गर्ने भएको छ । 

घरायसी तथा दैनिक जीवनका विविध बिल भुक्तानी सेवा प्रदान गर्दै आएको कम्पनीले पछिल्लोपटक आन्तरिक हवाइ टिकट बुकिङ सेवा समेत सुचारु गरेको हो । 

यस सुविधाअन्तर्गत कम्पनीले नेपालभित्रका कुनै पनि गन्तव्यका लागि माई–पे वालेटमार्फत हवाइ टिकट बुकिङ गर्दा न्यूनतम पाँँच प्रतिशतदेखि अधिकतम एक हजार रुपैयाँसम्म नगद छुट प्रदान गर्ने जनाएको छ । 

जुन अन्य कुनै पनि माध्यमबाट टिकट बुकिङमा पाइने क्यासब्याकभन्दा धेरै रहेको कम्पनीको दाबी छ ।

हाल माई–पे वालेटमार्फत आन्तरिक हवाइ टिकट बुकिङ गर्दा तीन हजार रुपैयाँसम्मको टिकट बुकिङमा सात प्रतिशत र तीन हजारभन्दा माथिको टिकट बुकिङमा पाँच प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिन्छ । 

साथमा हरेक दिन माई–पेमार्फत टिकट बुकिङ गर्नेमध्ये भाग्यशाली तीन जनालाई अतिरिक्त १० प्रतिशत क्यासब्याक समेत प्रदान गरिने कम्पनीले जनाएको छ । 

यो योजना सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीको भनाइ छ । क्यासब्याक प्राप्त गर्न माई–पे वालेट डाउनलोड गरी कारोबार गर्न सकिनेछ । 

यसमा पहिलो प्रयोगकर्ताले पहिलो जुनसुकै बिल भुक्तानीमा २५ प्रतिशत वा अधिकतम सय रुपैयाँसम्म क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .