प्रमखु प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी एमालेले स्पन्ज आइरन र विलेटमा वस्तुको भन्सार महसुल र अन्त शुल्कमा गरिएको हेरफेर अस्वभाविक भएको आरोप लगाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार एक प्रेस वक्तव्य जारी गर्दै सरकारको आर्थिक सुशासनको नेतृत्व गर्नुपर्ने अर्थमन्त्रालय आफैँ ‘पोलिसी सेटिङ’ मार्फत आर्थिक अपचलनमा संलग्न रहेको उल्लेख गरेको छ।
सरकारको नीतिको कारण निर्माण सामाग्रीको थोक मुल्य १९.३४ प्रतिशतले बढेको उल्लेख गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीको वक्तव्यमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री समयमा नियुक्त हुन नसक्नु सरकारको कमजोरी रहेको जनाएको छ।
‘उद्यमीहरुलाई प्रोत्साहन र संरक्षण गर्नुको साटो सरकार तर्साउने र वार्गेनिङ गर्ने काममा संलग्नले निजी क्षेत्रमा निराश फैलिएको छ,’ ओलीले उल्लेख गरेका छन्।
Shares
प्रतिक्रिया