ad ad

कारोबार


साउदीमा कोठामा अलपत्र श्रमिकको तस्बिर भाइरल भएपछि श्रममन्त्रीको पहल, मंगलबार स्वदेश फर्काइँदै

साउदीमा कोठामा अलपत्र श्रमिकको तस्बिर भाइरल भएपछि श्रममन्त्रीको पहल, मंगलबार स्वदेश फर्काइँदै

नेपालखबर
माघ ९, २०७८ आइतबार १८:३४, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवको जेद्दामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका छन्। 

शनिबार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली श्रमिक जाजरकोटका आइस राना पीडाले छटपटाइरहेको तस्बिर र भिडियो प्रकाशित भएपछि आइतबार नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीसहितको टोली उनी रहेको स्थानमा गई उनको अवस्थाबारे जानकारी लिएको छ।  

सामाजिक सञ्जालमा भाइरल तस्बिर

श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादकसहित दूतावासको टोली बिरामी राना भएको ठाउँमा गइ उपचारका लागि स्थानीय अस्पतालमा लगेको छ। 

नेपाली दूतावासले रानासहित जेद्दामा अलपत्र परेका आठ जना नेपाली श्रमिकहरुको दैनिक खानाको प्रबन्ध गर्दै आएको थियो। 

आठमध्ये एक जना नेपाल फर्किसकेका छन् भने अन्य छ जना मंगलबार नेपाल फर्किनेछन्। 

रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएको थियो। तर, उनको पुलिस केस भएकोले एक्जिट भिसाको लागि समय लाग्ने नेपाली दूतावासले जनाएको छ। 

आजको तस्बिर

उनी बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि नेपाली दूतावासले आइतबार नै इमिग्रेसनलाई पत्राचार समेत गरेको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताए। 

रानाको अवस्था अहिले सामान्य रहेको पोखरेलले बताए। मन्त्री श्रेष्ठले अलपत्र नेपाली श्रमिक उद्धारका लागि नेपाली दूतावास र श्रम सहचारीले गरेको प्रयासका लागि धन्यवाद दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .