ad ad

कारोबार


यूएईमा अलपत्र परेका युवाको उद्धार गर्ने कन्सल्टेन्सीको प्रतिबद्धता

यूएईमा अलपत्र परेका युवाको उद्धार गर्ने कन्सल्टेन्सीको प्रतिबद्धता

यूएईमा अलपत्र युवा उद्धारको पर्खाइमा।


नेपालखबर
माघ १२, २०७८ बुधबार ११:५७, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ‘भिजिट भिसा’मा गएर यूएईमा अलपत्र परेका श्रमिकको तत्काल उद्धार गर्न निर्देशन दिएका छन्। 

यूएईमा दलालले अलपत्र पारेको, ठगीमा परेको गुनासो आएपछि मन्त्री श्रेष्ठले श्रमिकलाई अलपत्र बनाउने काममा संलग्न कम्पनी वा ब्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन्।

मन्त्री श्रेष्ठको चेतावनीपछि रोजगारीको प्रलोभनमा पारेर नेपाली युवालाई भिजिट भिसामा यूएई पु¥याउने कार्यमा संलग्न त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका संचालक कोमलराज उपाध्यायले अलपत्र परेका पाँच नेपालीलाई स्वदेश फिर्ताको व्यवस्था मिलाएको बताए।

यूएईमा रहेका उपाध्यायले मन्त्री श्रेष्ठलाई टेलिफोन गरी आफ्नो कारणले अलपत्र परेका युवाहरुलाई उद्धार गर्ने प्रतिवद्धता जनाएका छन्। 

उपाध्यायको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीले कयौं युवालाई महिनौं अलपत्र पारेको तथा क्याम्पमा अमानवीय व्यवहार गरेको मन्त्रालयमा उजुरी आएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिषा’मा यूएई र्पुयाएर अलपत्र पार्ने काममा मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु, ट्राभल्स सञ्चालकहरु तथा बिचौलियाहरु संलग्न रहेको पाइएकोले उनिहरुलाई कारवाहीको दायरामा ल्याउने मन्त्री श्रेष्ठले बताए।

त्यस्तो कार्यमा संलग्न कम्पनी वा ब्यक्तिलाई कारबाहीको दायरामा ल्याउन उनिहरुबारे जानकारी गराइ सहयोग गर्न आग्रह गरेका छन्। सचिवालयको मोवाइल नम्वर ९८२३२५६७०४ र ९८२३२५६७०६ मा सिधै सम्पर्क गरी गुनासो टिपाउन आग्रह गरेका छन्। 

सरकारले भिजिट भिसामा पुगेर अलपत्र परेका नेपालीको समस्या समाधानका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदल पनि गठन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .