ad ad

कारोबार


राष्ट्रिय वाणिज्य बैंकमा काउण्टरबाट २ लाखसम्मको रकम भुक्तानी लिन चेक नचाहिने

राष्ट्रिय वाणिज्य बैंकमा काउण्टरबाट २ लाखसम्मको रकम भुक्तानी लिन चेक नचाहिने

नेपालखबर
माघ १२, २०७८ बुधबार १६:५५, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआर टेलर सेवा सुरु गरेको छ। 

बैंकले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले गत माघ १० गतेबाट सेवाको शुुभारम्भ गरेको हो। 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सेवाको शुभारम्भ गरेका हुन्।

बैंकले मोवाइल बैंकिङ्ग सुबिधा लिइएका ग्राहकहरुले आफ्नो मोबाइलबाट बैंक काउण्टरमा उपलब्ध क्युआर स्क्यान गरी दुई लाख रुपैयाँसम्मको नगद भुक्तानी लिनसक्ने गरी सबै शाखा कार्यालयहरुको काउण्टरमा स्मार्ट क्युआर टेलर सेवा लागू गरेको छ।

अब सीमित कारोबरको लागि बैंकमा चेक बोकेर गइरहनु नपर्ने बैंकले जनाएको छ।

बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोवाइल बैंकिङ्गको कार्य गर्न सक्ने गरी  अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा सेवाको गत माघ १० गतेबाटै शुभारम्भ गरेको छ ।

हाल देशभर बैंकको २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिंङ्ग सेवा सञ्चालनमा रहेका छन् ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .