च्याउ उत्पादक किसान संघ नेपालले भारत लगायत विभिन्न देशबाट अवैध च्याउ आयातमा रोक लगाउन माग गरेको छ।
नसड्ने क्यामिकलहरू च्याउमा प्रयोग गरी विषादीयुक्त वनाई अवैधरुपमा च्याउ नेपाली बजारमा पठाईरहेको भन्दै भन्सारमा कडा निगरानी गरी नियन्त्रण गर्न संघले माग गरेको हो।
च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष कार्कीद्वारा कोरोना कहरका विचमा नेपाली च्याउलाई विस्तापित गर्ने हेतुले आयात भइरहेको भारतीय अवैध च्याउ विषाक्त रहेको बताएका छन्।
च्याऊ एक ढुसी जन्य पोषण युक्त परिकार हो। लामो समय सम्म टिकाउन ढुवानी गर्दा उत्पादित वस्तु जोगाउन गार्हो हुने हुनाले वस्तु नसक्ने क्यामिकलहरू राखेर जहाँतहीँ ढुवानी गर्ने गरिन्छ।
माघ १२, २०७८, बुधबार
प्रतिक्रिया