ad ad

कारोबार


एनआईसी एशिया मो–ब्यांक : १२ लाख बढी डाउनलोड हुने नेपालको एक मात्रै मोबाइल बैंकिङ एप

एनआईसी एशिया मो–ब्यांक : १२ लाख बढी डाउनलोड हुने नेपालको एक मात्रै मोबाइल बैंकिङ एप

नेपालखबर
माघ १३, २०७८ बिहिबार १०:१४, काठमाडौँ

सरकारले ‘क्यासलेस’ अर्थात् नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नीति अघि सारिरहँदा नेपालको अग्रणी बैंक तथा वित्तीय संस्थाको रुपमा उदाइरहेको एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई सघाउने गरी दूरदर्शी रणनीति अगाडि बढाइरहेको छ। 

बैंकिङ क्षेत्रले डिजिटल भुक्तानीलाई कार्यान्वयनमा ल्याउँदा एनआईसी एशिया बैंकले हासिल गरेको आकर्षक सफलताले यस बैंक देशमा डिजिटल कारोबार गर्ने बैंकहरुको नेतृत्वकर्ता नै बनेको छ भन्दा फरक पर्दैन। अहिले त धेरै बैंक तथा वित्तीय कम्पनीहरुले अनलाइन प्रणालीको विकास गरिरहेकै छन्। 

त्यसमध्ये एनआईसी एशिया बैंक आक्रामक ढंगले अघि बढिरहेको देखिन्छ। डिजिटल कारोबारलाई अगाडी लैजान बैंकले ल्याएका अन्य डिजिटल च्यानलका अलावा मोबाइल बैंकिङका लागि ‘एनआईसी एशिया मो–ब्यांक’ एप सञ्चालनमा छ। 

यो एप यति लोकप्रिय बनेको छ कि हालसम्म १२ लाख पटकभन्दा बढी डाउनलोड भइसकेको छ। जुन नेपालका अन्य बैंक तथा वित्तीय संस्थाहरुका मोबाइल बैंकिङ एपभन्दा धेरै गुणाले बढी हो।  बैंकको यस एनआईसी एशिया मो–ब्यांकमा हाल लाखौंको मात्रामा सक्रिय प्रयोगकर्ता नै छन्।

जसले सहज रुपमा दिनहुँ यही एपबाट लाखौं रुपैयाँ बराबरको नगदरहित कारोबार गरिरहेका छन्। यो एप मोबाइल बैंकिङ ग्राहकहरूलाई आफ्ना मोबाइलमार्फत सुरक्षित तरिकाले खातासम्म पहुँच पुर्‍याउन प्रदान गरिएको एउटा प्लेटफर्म मात्र होइन यो त मोबाइलमा नै बैंक हो।

बैंकमा पुग्नु नपर्दा समयको बचत हुनेदेखि सहजै सेवा लिन पाइने हुँदा ग्राहकहरु यस एपमा झुम्मिएका छन्। फलस्वरुप धेरै डाउनलोड र धेरैपटक कारोबारमात्र होइन, यस प्रणालीबाट देशमा डिजिटल अर्थतन्त्र निर्माणमा ठूलो योगदान पुर्‍याइरहेको आजको यथार्थ बन्न पुगेको छ। आईओएस र एन्ड्रोइड अपरेटिङ्ग सिस्टम भएका स्मार्टफोनमा निःशुल्क डाउनलोड गर्न सकिने व्यवस्था रहेको यस एपमार्फत बैंकले बढीभन्दा बढी सुविधा ल्याउने प्रयास गरिरहेको छ। 

करोड बढी कारोबारमा एनआईसी एशिया बैंकको मात्रै २२ लाख १५ हजार 
एनआईसी एशिया बैंकका ग्राहकहरु पछिल्लो समय मोबाइल बैंकिङमा अत्यन्त आकर्षित भइरहेका छन्। २०७८ को असोज महिनाको तथ्यांकले यही बताउँछ। जसअनुसार नेपालको समग्र बैंकिङ बजारमा उक्त महिना १ करोड ३७ लाख ६४ हजार ९ सय ९२ पटक मोबाइल बैंकिङ कारोबार भएकोमा यस बैंकको मात्रै २२ लाख १५ हजार ४ सय पटक कारोबार भएको छ। 

जुन नेपालको कुल बैंक वित्तीय संस्थाहरुको १६.१ प्रतिशत अंश हो। त्यस्तै असोज महिनाकै कारोबार रकम हेर्दा मोबाइल बैंकिङबाट समग्र नेपालमा ८७ अर्ब रुपैयाँको कारोबार भएको छ। त्यसमा १० अर्ब रुपैयाँ नै एनआईसी एशिया बैंकको एपबाट भएको देखिन्छ। यो भनेको कुल कारोबार रकममा बैंकको हिस्सा ११.५ प्रतिशत पुगेको छ। 

त्यस्तै कात्तिकमा पनि कुल मोबाइल बैंकिङ कारोबार १ करोड २६ लाख पटक भएको छ। त्यसमा एनआईसी एशिया बैंकको मात्रै २१ लाख ११ हजार पटकभन्दा बढी भएको छ। उक्त महिनामा यस बैंकको कुल मोबाइल बैंकिङ बजारमा १६.७  प्रतिशत हिस्सा देखिन्छ। त्यस्तै कारोबार भएको रकम हेर्दा कात्तिक महिनामा कुल ७८ अर्ब १५ अर्ब  रहेको देखिन्छ। त्यसमा एनआईसी एशिया बैंकबाट मात्रै ९ अर्ब ३६ करोड रुपैयाँ रहेको देखिन्छ। बजार हिस्सामा एनआईसी एशिया बैंकको १२.४ प्रतिशत रहेको पछिल्लो तथ्यांकले देखाउँछ। 

मोबाइल बैंकिङ प्रणाली हेर्ने हो भने आफूले धेरै कारोबार गर्ने र विश्वसनीय बैंकलाई नै छानेको देखिन्छ। त्यसमा ‘एनआईसी एसिया मोब्यांक’ बढी प्रयोग हुनुको कारणमध्ये प्रमुख कारण बैंकको आफ्नो छाप पनि जोडिन्छ। त्यति मात्रै नभई यस बैंकको एपमा विशेष किसिमका सुविधाहरु समावेश छन्। जसले समेत यसलाई लोकप्रियता बनाउन सहयोग गरेको छ।

एप एक, विशेषता अनेक  
यस एप चलाउन थाल्ने बित्तिकै आफ्नो खातासम्बन्धी धेरै भन्दा धेरै जानकारी र धेरै बैंकिङ कारोबार गर्न सकिने बैंकले जनाएको छ। कारोबारका अलावा बैंकका अनुसार यसबाट धेरै प्रकारका सेवा तथा जानकारी लिन सकिन्छ। मोबाइल बैंकिङअन्तर्गत गर्न सकिने प्रमुख कुरा हो अन्तर बैंक रकम स्थानान्तरण। यस एपबाट सहज ढंगबाट स्थानान्तरण गर्न सकिनेछ। 

यस एपबाट खाताको जानकारी पाउन सकिनेछ। बैंक खाता हाल कुन अवस्थामा छ, बैंकमा नपुगीकन यही एपबाटै थाहा पाउन सकिन्छ। आफ्नो ब्यालेन्सको जानकारी स्पष्ट रुपमा हेर्न मिल्ने व्यवस्था छ। यतिमात्रै नभई बैंकले एकाउन्ट स्टेटमेन्टको पूर्ण विवरण यसबाटै पाइने जनाएको छ। मोबाइल टपअप, अनलाइन टिकेटिङ युटिलिटी बिल भुक्तानी, क्यूआर भुक्तानीजस्ता महत्वपूर्ण सुविधा प्रदान गरेको छ। 

साथै, बैंकका शाखा तथा एटीएमको स्थान पत्ता लगाउने सुविधा समेत प्रदान गर्छ। बैंकको एप प्रयोग गर्ने व्यक्ति जुनसुकै स्थानमा पुगे पनि यसले यस बैंकको जानकारी पाएर लाभग्राही बन्नसक्छ। 

  • यो एप मोबाइल बैंकिङ ग्राहकहरूलाई आफ्ना मोबाइलमार्फत सुरक्षित तरिकाले खातासम्म पहुँच पुर्‍याउन प्रदान गरिएको एउटा प्लेटफर्म मात्र होइन यो त मोबाइलमा नै बैंक हो।
     

एपबाटै आईपीओ आवेदन, कार्डविनै पैसा निकाल्न सकिने
विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक सेयर (आईपीओ)मा आवेदन दिने जस्ता महत्वपूर्ण सुविधा यस एपबाट लिन सकिन्छ। पछिल्लो समय धेरै व्यक्तिहरु सेयरबजारमा प्रवेश गरिरहेको अवस्थामा यस बैंकले प्रदान गर्ने यस्तो सुविधा एनआईसी एसियाको मो–ब्यांक एपबाट नै पाउनु सेवाग्राहीहरुको लागि थप सुविधा हुनसक्ने देखिएको छ। 

साथै, आईपीओको नतिजा समेत सहजै हेर्न सकिने व्यवस्था यस एपभित्र बैंकले ल्याएको नवीनतम सुविधा हो। 

प्रयोगकर्ताले कार्डविनै एटीएमबाट नगद रकम झिक्न सकिने सुविधा एपमा रहेको ‘कस्टुमर केयर’बाट ग्राहकहरूले आफ्ना समस्या यथाशीघ्र समाधान तथा उनीहरूको जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्नसक्ने सुविधा समेत प्रदान गरेको छ।

रेमिट्यान्स सुविधा र मुद्दती निक्षेप एपबाटै 
नेपालका अन्य बैंकहरुका एपबाट ग्राहकहरुले खातामा रहेको मौज्दाको जानकारी एवं खाता विवरण सामान्य रुपमा प्राप्त गर्दछन्। तर एनआईसी एशिया मो–ब्यांकका प्रयोगकर्ताले भने उपर्युक्त जानकारीका अलावा एपबाटै आन्तरिक रेमिट्यान्स पठाउने तथा बुझ्ने नवीन सुविधा प्राप्त गर्दछन्।

यसका साथै एपबाट नै मुद्दती निक्षेप खाता खोल्ने सुविधा प्रदान गरिएको छ। यस्तो सेवा एनआईसी एशिया बैंकले नयाँ सुरुवात गरेको हो। बैंकले आफ्नो सेवा सुविधा मात्रै प्रदान गर्ने नभई त्यसमा आएका गुनासाहरु समेत यही एपमा रहेको ‘कस्टुमर केयर’ बाट समेत लिन्छ। यस एपबाट आफ्नो गुनासोको सुनुवाइ हुने समेत बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .