ad ad

कारोबार


मेयर बन्न अधिकृत छाडेका गिरीको राजीनामा स्वीकृत, कुलमानलाई भेटेर भने– बेथिति धेरै भयो

मेयर बन्न अधिकृत छाडेका गिरीको राजीनामा स्वीकृत, कुलमानलाई भेटेर भने– बेथिति धेरै भयो

नेपालखबर
बैशाख ८, २०७९ बिहिबार १६:११, काठमाडौँ

बनेपा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बन्न अधिकृतको जागिर छाडेका कन्चनराज गिरीको राजीनामा स्वीकृत भएको छ। 

गिरीको राजीनामा ०७८ चैत २४ गतेबाट लागू हुने गरी हिजो बुधबार स्वीकृत भएको हो।

उनी नेपाल विद्युत प्राधिकरणको सबैभन्दा ठूलो जलविद्युत् केन्द्र कालीगण्डकी ‘ए’ को प्रशासन प्रमुख थिए। बुधबार राजीनामा स्वीकृत गराएका गिरीले बिहीबार (आज) प्राधिकरणका निर्देशक कुलमान घिसिङसँग पनि भेट गरेका छन्। 

घिसिङलाई भेटेर प्राधिकरणभित्रका बेथितिको कारणले आफूले जागिर छाडेको जानकारी गराएको नेपालखबरलाई बताए। 

कालीगण्डकी जलविद्युतमा रहेर आफूले काम गर्दैगर्दाका समस्याहरुको बारेमा पनि उनले निर्देशक घिसिङलाई जानकारी गराएका थिए।

‘राम्रो काम गर्छु भन्ने वातावरण विद्युत् प्राधिकरणभित्र देखिएन्’, घिसिङसँगको कुराकानी उद्धृत गर्दै गिरीले भने, ‘तपाईं (कुलमान घिसिङ)को एकल प्रयासले मात्र प्राधिकरण सुध्रिँदैन, यसमा ध्यान जाओस्।’

गिरीका अनुसार घिसिङले कन्चनराजलाई आफूले बेथिति हटाउन हरसम्भव प्रयास गरेको बताएका थिए। 

अहिले उनी धमाधम स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार प्रसारमा खटिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .