ad ad

कारोबार


महालेखा परीक्षक भन्छन्– पछिल्लो समय आर्थिक सुशासन हुन सकेन

महालेखा परीक्षक भन्छन्– पछिल्लो समय आर्थिक सुशासन हुन सकेन

नेपालखबर
बैशाख २०, २०७९ मंगलबार १६:४८, काठमाडौँ

महालेखा परीक्षक टंकमणि शर्माले पछिल्लो समय मुलुकमा आर्थिक सुशासन हुन नसकेको बताएका छन्। 

मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै महालेखापरीक्षक शर्माले मुलुकमा पछिल्लो समय आर्थिक सुशासन हुन नसक्नुमा राष्ट्र सेवकदेखि राजनीतिक व्यक्तित्व र व्यवसायीहरु समेत दोषी रहेको बताएका हुन्। 

उनले हामीले सरकारले गरेका कामको विषय वा गल्ती कमजोरी थाहा पाए पनि कार्यान्वय गर्न नसकिएको बताए। 

महालेखापरीक्षक शर्माले मुलुकमा आर्थिक अनुशासन नहुनु, जनताले सुशासनको प्रत्याभूति हुन नसक्नु, भष्ट्रचार बढ्नु, अनियमिता हुनु कुनै एक क्षेत्र मात्रै दोषी नभई समग्र क्षेत्र दोषी रहेको जिकिर गरे। 

नेपाली समाजले अहिले विकास निर्माण, शिक्षा, स्वाथ्य , रोजगारी, राज्य वा सरकारले आफ्नो शासकिय भूमिका पूर्ण रुपमा निवार्ह गरी पारदर्शिता, जवाफदेहिता, भष्ट्रचारमुक्त र मुद्राको सार्थकता खोजेको महालेखापरिक्षक शर्माको भनाइ छ। 

उनले नेपाली लेखा परिक्षक अन्तराष्ट्रिय लेखा व्यवसायीहरुले पत्याउन योग्य बन्नुपर्ने आवश्यकता रहेको बताए। सुधारको काम गर्न चाहे हुने भन्दै यो वर्षको स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगसँग समन्वय स्थानीय तहका कुनै पनि व्यक्तिले उम्मेद्वार हुदाँ सरकारी राजस्व बाँकी, बेरुजु भए तिर्नूपर्ने आचार संहिता बनाउँदा देशैभरबाट धेरै पैसा उठेको उनको भनाइ छ ।

उनले भने, ‘सरकारको कामकारबाही र विश्लेषण गर्ने सबैको पनि हेरौँ हामीले सबैले स्वीकार गर्ने विषय छ। समस्यामा हामी सहमत भएका छौँ, समाधान पनि हामीसँग छ। तर हामीले कार्यान्वयन गरिरहेका छैनौँ। हामी आफैँ भनिरहेका छौँ मुलुकमा आर्थिक अनुशासन भएन। सुशासनको प्रत्याभूति हुन सकेन । भ्रष्टाचार बढ्यो, अनियमिता बढ्यो । सबैतिर विकृति र विसङगति झाँगियो।’ 

यसमा दोष कुनै एक क्षेत्रको मात्रै नभएको बताउँदै उनले राजनीतिज्ञ, प्रशासक, राष्ट्र सेवक, व्यापारी, व्यवसायी वा पेसाकर्मी सबै कोही न कोही कुनै न कुनै कार्यमा संलग्न भएको उल्लेख गरे। 

‘नेपाली समाज अहिले विकसित भएको छ। समाजले अहिले विकास निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारी खोजिरहेको छ’, उनले थपे, ‘निजी क्षेत्र, सहकारी संस्थाहरु र व्यक्तिले यो काम गर्न सक्ने अवस्था बनेको छ । समाज अहिले राज्य वा सरकारले आफ्नो शासकीय भूमिका पूर्ण रुपमा निर्वाह गरिदियोस् भनी रहेको छ।’ 

समाज पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचारमुक्त र मुद्राको सार्थकता खोजेको उनको भनाइ छ। 

उनले नेपाली लेखा व्यवसायीहरुको सेवा विश्व बजारमा बिक्नयोग्य बनाउनुपर्ने बताए। 

त्यस्तै महालेखापरिक्षक शर्माले लेखा परीक्षकहरुले लेखा परिक्षण गर्दा राम्रो कुराको संकलन गर्ने नगरेको बताए। उनले सबै मिलेको कुरा लेखा परीक्षणमा लेख्नु नपर्ने बताए।

शर्माले भने, ‘लेखा परीक्षकहरुले राम्रो कुरा संकलन गर्दैनौँ। धेरै प्रबुद्धहरुले कहिलेकाहीँ सोध्नुहुन्छ। तपाईंको रिपोर्ट पढ्यो भने नेगेटिभ मात्रै छ। जहिल्यै नमिलेको कुरा मात्रै लेख्नुभएको छ। परीक्षणमा मिलेको कुरा किन लेख्ने ? मिलेको कुरा मिलि हाल्यो नि? नमिलेको कुरा परीक्षण प्रतिवेदनमा लेख्ने हो। लेखा परिक्षण भनेको परिक्षण गर्दा नमिलेको कुरा मात्रै लेख्ने हो।’ 

महालेखापरीक्षक शर्माले लेखा परीक्षण भनेको परीक्षण गर्दा नमिलेको कुरा मात्रै लेख्ने भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .