ad ad

कारोबार


चीनका वैज्ञानिकले सगरमाथामा स्थापना गरे १२ स्वचालित मौसम विज्ञान केन्द्र

चीनका वैज्ञानिकले सगरमाथामा स्थापना गरे १२ स्वचालित मौसम विज्ञान केन्द्र

नेपालखबर
बैशाख २१, २०७९ बुधबार १७:४१, काठमाडौँ

चिनियाँ वैज्ञानिकहरुले सगरमाथामा १२ वटा स्वचालित मौसम विज्ञान केन्दहरु स्थापना गरेका छन्। 

समुद्री सतहबाट पाँच हजार दुई सय मिटरदेखि आठ हजार आठ सय मिटरमाथि आठवटा र ७ हजार मिटरभन्दा माथि चारवटा गरी १२ वटा स्वचालित मौसम विज्ञान केन्द्र स्थापना गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। 

यो नै अहिलेसम्म विश्वको अग्लो स्वचालित मौसम विज्ञान केन्द्र रहेको बताइएको छ। 

सगरमाथाको तिब्बती मोहडातर्फबाट चिनियाँ वैज्ञानिकको टोली शिखरसम्म पुगेर स्वचालित मौसम विज्ञान केन्द्रहरु स्थापना गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले लेखेको छ। चिनियाँ वैज्ञानिकहरु सन् २०१७ यता उक्त कार्यका लागि अहोरात्र खटिएका थिए। 

चिनियाँ हिमनदी विज्ञ याओ ताङ्दोङ्ले तिब्बतस्थित स्वचालित मौसम विज्ञान केन्द्र निर्माण हुनुलाई मुलुकको वैज्ञानिक अनुसन्धानमा महत्वपूर्ण उपलब्धिका रुपमा ब्याख्या गरेका छन्। 

‘तिब्बतमा चीनको यो दोस्रो बृहत् वैज्ञानिक यात्रा हो’, उनले सिन्ह्वासंग भनेका छन्। 

यी केन्द्रले खासगरी मौसमसँग सम्बन्धित तथ्यांक संकलन गर्नेछन्। जसबाट स्थानीय हिमनदी तथा तालको अवस्थाबारे महत्वपूर्ण जानकारी बटुल्न सहयोग हुने बताइएको छ। 

केन्द्रका माध्यमबाट वैज्ञानिकहरुले विश्वको मौसम प्रणाली र मौसमसँग सम्बन्धित संयन्त्रबारे थप बुझ्नसक्ने पनि सिन्ह्वाले उल्लेख गरेको छ। 

‘केन्द्र स्थापनाबाट जलवायु परिवर्तन र दिगो विकासबारे सुझबुझपूर्ण निर्णय लिन नीतिनिर्मातालाई सहयोग पुग्नेछ’, चिनियाँ विज्ञले भनेका छन्। 

केन्द्र स्थापनाबाट वैज्ञानिक अनुसन्धान र आरोहणसम्बन्धी गतिविधिमा सहयोग पुग्ने अपेक्षा चिनियाँ पक्षले गरेको छ। 

सगरमाथालाई तिब्बती भाषामा चोमोलाङ्मा भन्ने गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .