ad ad

कारोबार


सरकारले जेठ ७ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने, यस्तो छ तयारी

सरकारले जेठ ७ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने, यस्तो छ तयारी

नेपालखबर
बैशाख २८, २०७९ बुधबार १५:०, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते संसद अधिवेशन आह्वान गरेकी थिइन्। 

सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए। 

उनले सवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद अधिवेशन जेठ ३ गतेलाई आह्वान गरेकी थिइन्।  

सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने उनले बताए। 

प्रवक्ता पाण्डेले बजेट अधिवेशनको लागि संसद सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको बताए। उनले जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको उल्लेख गरे। 

जेठ ४ र ५ गते संसद्मा प्रि–बजेटमा छलफल हुने प्रवक्ता डा. पाण्डेले बताए। जेठ १२ वा १३ गते संसद्मा आर्थिक सर्वेक्षण सम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नु र संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी रहेको प्रवक्ता पाण्डेले बताए।

उनले भने, ‘राष्ट्रपति ज्युबाट बजेट अधिवेशन आह्वान भएपछि जेठ ३ गते ४ बजेको लागि  महासचिवज्युले सूचना जारी गरिसक्नु भएको छ । प्राविधिक साथीहरुको सहयोगमा भौतिक रुपमा गर्ने तयारीहरु सकिएको छ । उपकरणहरुको टेस्ट गर्ने,हलभित्र मर्मत तथा सरसफाइ गर्ने काम सम्पन्न भइसकेको छ । सुरक्षा प्रवद्र्धन भइसकेको छ। सुरक्षा मापदण्ड पहिलाकै अपनाउने योजना रहेको छ ।’ 

उनले कोरोना कम भए पनि मास्क लगाउने, सेनिटाइजर लगाउने काम यथावत रहने बताए। 

कार्यव्यवस्था शाखाले ३ गतेबाट कार्ययोजना प्रस्ताव गरिसकेको अवस्था छ । जेठ ३ गते अर्थमन्त्री जनार्दन शर्माले सदनमा बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पेस गर्नेछन्। 

‘जेठ ४ र ५ गते प्रि–बजेट छलफल हुन्छ । जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने कार्यक्रम रहेको छ । त्यसको संशोधन र छलफल ८,९,१० र ११ गते निर्धारण हुने देखिन्छ । जेठ १२ वा १३ गते सदनमा आर्थिक सर्वेक्षण अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुहुन्छ’, उनले भने, ‘त्यसपछि संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण हुन्छ । त्यसपछि आर्थिक विधेयक र पुरक विधेयकहरु प्रश्तुत र छलफल हुनेछ । जेठ महिनाको अन्तिम प्रतिनिधि सभाका कार्यक्रमहरु निरन्तर जाने देखिन्छ । त्यस्तै, राष्ट्रिय सभाको पनि जेठ ३ गते नै बैठक शुरु भएर क्रमशः अगाडि बढ्छ।’

प्रवक्ता पाण्डेले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरु निरन्तर रुपमा चल्ने बताए। पाण्डेका अनुसार प्रतिनीधि सभासँग ३ गतेबाट राष्ट्रिय सभाको बैठक पनि सुरु हुने बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .