ad ad

कारोबार


राष्ट्रिय बीमा संस्थानको बीमा शुल्क ५० करोडले बढ्यो

राष्ट्रिय बीमा संस्थानको बीमा शुल्क ५० करोडले बढ्यो

नेपालखबर
बैशाख २९, २०७९ बिहिबार १५:४०, काठमाडौँ

राष्ट्रिय बीमा संस्थानले गत वर्षको तुलनामा यो वर्ष ५० करोड बढि बीमा शुल्क संकलन गरेको छ।

चालू आर्थिक वर्षको ९ महिना अवधीमा ७ अर्ब २७ करोड ६४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको तथ्यांक सार्वजनिक गरेको छ। 

गत वर्षको सोही अवधीमा कम्पनीले ६ अर्ब ७७ करोड २८ लाख रुपैयाँ  बीमा शुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क ७ दशमलव ४३ प्रतिशतले बढेको कम्पनीले जारी गरेको विवरणमा उल्लेख छ। 

चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले ४ करोड ९६ लाख रुपैयाँ  नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा संस्थानको नाफा ४ करोड ८६ लाख रुपैयाँ थियो। गत आर्थिक वर्षको तुलनामा कम्पनीको  नाफा २ दशमलव १५ प्रतिशतले बढेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .