ad ad

कारोबार


इसेवा मनि ट्रान्सफर तेस्रो वर्षमा प्रवेश

इसेवा मनि ट्रान्सफर तेस्रो वर्षमा प्रवेश

नेपालखबर
बैशाख ३०, २०७९ शुक्रबार १७:३७, काठमाडौँ

विश्वका दुई सय भन्दा धेरै मुलकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको इसेवा मनि ट्रान्सफर दुई वर्ष पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ। 

२०७७ साल वैशाख ३० गते नेपालकै अग्रणी फिन टेक कम्पनी एफवान सफ्ट ग्रुप अन्तर्गत स्थापना भएर सञ्चालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफर तेस्रो वर्षमा प्रवेश गरेको हो।

यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा धेरै देशका ३० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ। 

दुई वर्षअघि सञ्चालनमा आएसँगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै ‘मेरो पहिलो रोजाइ’ नारा बोकेर अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ। 

त्यस्तै, इसेवा मनी ट्रान्सफर मार्फत ५० लाख भन्दा बढी प्रयोगकर्ताको सञ्जाल भएको इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउँदै आएका छन्। 

डिजिटल प्रविधिबाट रेमिट्यान्स पठाउन मिल्ने भएकाले इसेवा मनी ट्रान्सफरमार्फत  रेमिट्यान्स पठाउँदा सेवाग्राहीले कम शुल्कमै रेमिट्यान्स पठाउन पाएका छन्। 

त्यस्तै, यस कम्पनीले आफ्ना एजेन्ट नेटवर्कलाई पनि व्यापक मात्रामा वृद्धि गर्दै देशका हरेक गाउँ अनि शहरसम्म आफ्नो सेवा विस्तार गरिसकेको छ। हाल, यस कम्पनीका मुलुकभर १८ हजार भन्दा धेरै संख्यामा एजेन्ट नेटवर्क रहेका छन्।

इसेवा मनि ट्रान्सफर मार्फत ग्राहकहरुले विदेशबाट आएको रकम तुरुन्तै पाउन तथा आन्तरिक रेमिट्यान्सको सेवा उपयोग गर्दै कम शुल्कमा देशभरी रेमिट्यान्स पठाउन सक्छन्।

यस्तै देशका हरेक क्षेत्रमा रहेका इसेवाका एक लाख भन्दा धेरै एजेन्ट नेटवर्क तथा क्यास पोइन्ट मार्फत पनि सेवाग्राहीले इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्राप्त गरिरहेका छन्। साथै, इसेवा मनी ट्रान्सफरले रेमिट्यान्स पठाउने तथा पाउने दुवै पक्षलाई लक्षित गर्दै आकर्षक क्यासव्याक अफरहरु सञ्चालन गर्दै आएको छ। 

दोस्रो वार्षिकोत्सवको अवसरमा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले कार्य सञ्चालनको २ वर्षमै इसेवा मनी ट्रान्सफरले सुलभ, छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल भएको भन्दै खुशी व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .