ad ad

कारोबार


नेपालीले विदेशमा धेरै लगानी गर्नथाले : सांसद राजभण्डारी

नेपालीले विदेशमा धेरै लगानी गर्नथाले : सांसद राजभण्डारी

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १५:३८, काठमाडौँ

सांसद दिव्यमणि राजभण्डारीले नेपालीको विदेशमा धेरै लगानी बढ्न थालेको बताएका छन्। 

उनले नेपालमा विदेशी लगानी आउनेभन्दा विदेशमा नेपालीको लगानी जानेक्रम बढेको बताएका छन्। 

उनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको छलफलको क्रममा बोल्दै उनले बेलायत अमेरीका र यूएई नेपालीको लगानी जान थालेको बताए। 

उनले भने, ‘विदेशमा धेरै पैसा गैरहेको छ। त्यसलाई रोक्न र विदेशबाट लगानी भित्र्याउन कुटनियतक नियोगको अधिकतम प्रयोग गर्नुपर्नेछ।’

त्यस्तै उनले ठूला जलविद्युतको आयोजनामा प्रत्यक्ष  विदेशी लगानीमा आकषण गर्न नसकिएको बताए। बूढीगण्डकी, कर्णाली जस्ता आयोजनाहरुलाई  विदेशी लगानीमा जोड्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .